close

यी हुन् २०२० का उत्कृष्ट एन्ड्रोइड एप्स

टेकपाना टेकपाना

मंसिर १९, २०७७ १९:४८

यी हुन् २०२० का उत्कृष्ट एन्ड्रोइड एप्स

काठमाडों । गुगल प्ले स्टोरले सन् २०२० को लागि उत्कृष्ट मोबाइल एप र गेमहरुको सूची जारी गरेको छ। हरेक वर्षको अन्त्यमा गुगलले स्टोरमा उपलब्ध एपमध्येबाट उत्कृष्ट एप छनाेट गर्दै आएको छ ।

यसरी छनोट गर्दा गुगलले उक्त एपको प्रदर्शन र डाउनलोडको आधार मान्ने गरेकाे छ । साेही आधारमा गुगलले उत्कृष्ट एप, गेम अफ द ईयर र च्वाइस अवार्ड २०२० गरी तीन श्रेणीमा सूची जारी गरेको छ ।

जसमा लुना: बेड टाइम काल्म एण्ड रिल्याक्स (Loóna: Bedtime Calm & Relax) वर्षको उत्कृष्ट एप घोषित भएकाे छ ।

त्यस्तै जेनशिन इम्प्याक्ट (Genshin Impact) सन् २०२० को उत्कृष्ट गेम एप र डिज्नेप्लसलाई युजर च्वाईस अवार्ड प्रदान गरिएको छ ।

गुगलले मुभी अन्तर्गत पनि उत्कृष्ठ मुभी छनोट गरेकाे छ । जसमा युजर च्वाइस मुभी अफ २०२० ब्याड ब्वाइज फर लाइफले पाएकाे छ ।

त्यस्तै यूजर च्वाइस गेम अफ २०२० अवार्ड स्पन्जबबः क्रस्टी कुक अफ (Spongebob: Krusty Cook-Off) ले पाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०