close

फाइभजी डुअल ब्याण्ड राउटर सहितको इन्टरनेट उपलब्ध गराउँदै सुबिसु

टेकपाना टेकपाना

मंसिर २२, २०७७ १६:२३

फाइभजी डुअल ब्याण्ड राउटर सहितको इन्टरनेट उपलब्ध गराउँदै सुबिसु

काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले फाइभ गिगाहर्ज डुअल ब्याण्ड राउटर सहितको इन्टरनेट सेवा सुरु गरेको छ । ग्राहकको माग र सन्तुष्टिलाई प्राथमिकतामा राख्दै कम्पनीले समय समयमा सेवा विस्तार तथा परिमार्जन गर्दै आएको छ ।

यसैक्रममा यस अघि २.४ गिगाहर्ज सेवा दिदै आएको कम्पनीले ग्राहकको इन्टरनेट अनुभवलाई अझ प्रभावकारी र गुणस्तरिय बनाउने उद्देश्यका साथ फाइभजी सेवा सुरु गरेको हो । इन्टरनेटको बदलिदो माग तथा अझ उत्कृष्ट अनुभव प्रदान गर्न कम्पनीले फाइभ गिगाहर्ज डुअल ब्याण्ड राउटर सहितको सेवा सञ्चालनमा ल्याइएको जनाएको छ ।

कम्पनीका अनुसार फाइभ गिगाहर्ज ब्याण्डको राउटर प्रयोगले इन्टरनेट सेवा प्रयोग गर्दा आउने प्राविधिक समस्यालाई कम गर्दै ग्राहकको इन्टरनेट अनुभवलाई अझ गुणस्तरिय बनाउने दाबी गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०