close

साइबर अपराधबाट विश्व अर्थ व्यवस्थामा एक वर्षमै ११८० खर्बको नोक्सान

टेकपाना टेकपाना

मंसिर २३, २०७७ १४:३७

साइबर अपराधबाट विश्व अर्थ व्यवस्थामा एक वर्षमै ११८० खर्बको नोक्सान

काठमाडौं । साइबर अपराधका घटना बढ्दै जाँदा सन् २०१९ मा विश्वभर एक ट्रिलियन डलर (११८० खर्ब रुपैयाँ) को नोक्सान भएको छ । यो विश्वकै जीडीपी (कुल ग्रार्हस्थ उत्पादन) को एक प्रतिशतभन्दा बढी हो ।

जब कि सन् २०१८ मा भएको ६०० बिलियन डलरको तुलनामा पछिल्लो वर्ष यो मूल्य ५० प्रतिशतभन्दा बढी हो । साइबर सेक्युरिटी फर्म म्याकफीको रिपोर्टमार्फत यस्तो आँकडा बाहिर आएको हो ।

दुई तिहाई कम्पनीमा साइबर आक्रमण

रिपोर्ट अनुसार सन् २०१९ मा सर्भेमा सहभागी दुई तिहाई कम्पनीले साइबर आक्रमणको सामना गर्नुपर्‍यो । यसमा कम्पनीको औषत लागत आधा मिलियन डलर (करिब ६ करोड रुपैयाँ) भन्दा बढी छ ।

साइबर क्राइममा आईपीको चोरी तथा वित्तीय अपराधको हिस्सा ७५ प्रतिशत छ । कम्पनीहरुका लागि यस्ता घटना सबैभन्दा ठूलो चुनौति बनेका छन् । म्याकफीले सेन्टर फर स्ट्राटेजीक एन्ड इन्टरनेसनल स्टडिज (सीएसआईएस) सँग मिलेर यो रिपोर्ट तयार पारेको हो ।

वित्तीयसँगै अन्य नोक्सान

द हिडन कस्ट अफ साइबर क्राइम‘ नामबाट तयार पारिएको यो रिपोर्टमा भनिएको छ कि साइबर अपराधबाट कम्पनीहरुलाई वित्तीयसँगै अन्य नोक्सान समेत पुगेको छ ।

९२ प्रतिशत कम्पनीहरुले स्वीकार गरेअनुसार साइबर अपराधबाट उनीहरुको कारोबारमा नकारात्मक असर परेको छ । साथै साइबर अपराधका घटना पछि त्यसको प्रभाव कामको समयमा पनि देखिएको छ ।

५६ प्रतिशत कम्पनीसँग छैन, साइबर अपराध रोक्ने योजना

कम्पनीहरुलाई पुगेको नोक्सानमा डाउन टाइम, ब्राण्ड प्रतिष्ठा तथा कार्य दक्षताको कमी समेत रहेको छ । सर्भेमा सहभागी ५६ प्रतिशत कम्पनीले स्वीकार गरेअनुसार उनीहरुसँग साइबर अपराध रोक्न तथा त्यसप्रति प्रतिक्रिया जनाउन कुनै योजना नै छैन ।

सर्भेमा सहभागी ९५१ कम्पनीहरुसँग भने रेस्पोन्स प्लान रहेको पाइएको थियो । यसमा केवल ३२ प्रतिशतले मात्रै यस्तो योजना कामयावी रहेकोमा विश्वास व्यक्त गरेका थिए ।

साइबर अपराधबाट सिस्टम डाउनटाइम सबैको साझा समस्या

सर्भेमा सहभागी दुई तिहाई कम्पनीहरुबाट साइबर अपराधपश्चात सिस्टम डाउन टाइमको समस्या देखिएको प्रतिक्रिया आएको थियो । सन् २०१९ मा डाउनटाइमका कारण कम्पनीहरुको औषत लागत सात लाख ६२ हजार २३१ डलर रहेको थियो ।

यो रिपोर्ट १५०० आईी तथा व्यवसायको निर्णायक तहमा रहेका व्यक्तिहरुको अनलाइन अन्तर्वार्ताको आधारमा तयार पारिएको हो । जसमध्ये ३३ प्रतिशतबाट उत्तरदाताबाट प्राप्त जवाफमा आईटी सुरक्षाको घटनाका कारण सिस्टम डाउनको औषत लागत एक लाख देखि पाँच लाख डलरसम्म रहेको देखिन्छ ।

एजेन्सी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०