close

आईओएसको नयाँ अपडेटसँगै आईफोनमा देखिन थाल्यो ब्याट्रीको समस्या

टेकपाना टेकपाना

मंसिर २३, २०७७ १६:१६

आईओएसको नयाँ अपडेटसँगै आईफोनमा देखिन थाल्यो ब्याट्रीको समस्या

काठमाडौं । एप्पलले सार्वजनिक गरेको आईओएस १४.२ भर्सन सँगै आईफोनको ब्याट्री समस्या देखा परेको छ । नयाँ भर्सनको अपडेटसँगै आईफोनको ब्याट्री अस्वभाविक रुपमा घट्ने समस्या देखा परेको गुनासो प्रयोगकर्ताले गर्न थालेका छन् ।

टेकराडारका अनुसार आईफोनका पुराना मोडल आईफोन एक्सआर, आईफोन एक्सएस, आईफोन एक्स, आईफोन सेभेन र आईफोन एसईमा यस्तो किसिमको समस्या देखिएको हो ।त्यतिमात्र नभएर आईप्याड ओएस १४.२ सफ्टवेयरमा पनि यस्तै समस्या रहेको उल्लेख गरिएको छ ।

जसले गर्दा नयाँ अपडेट भएका आईप्याड प्रयोगकर्ताले पनि अपडेटसँगै ब्याट्री चाडैँ घट्ने समस्या भोगिरहेको उल्लेख छ । एप्पलले गत नोभेम्बरमा नयाँ आईओएस १४.२ सार्वजनिक गरेको थियो ।

त्यसपछिका दिनमा यस्तो खालको समस्या आएको उल्लेख गरिएको छ । यस विषयमा केही समय अघिमात्रै एप्पलले आयोजना गरेको ‘एप्पल डेभलपर फोरम’मा समेत प्रश्न उठेको जनाइएको छ ।

प्रयोगकर्ताका अनुसार नयाँ आईओएस र आईप्याड ओएस अपडेट भएका आईफोन र आईप्याड तीस मिनेटभन्दा कम चलाउँदा समेत पचास प्रतिशतले ब्याट्री घटिरहेको छ । तर, यस्तो अवस्थामा मोबाइललाई रिस्टार्ट गरेपछि ब्याट्री फेरी बढ्ने गरेको पनि उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०