close

६०० मेगापिक्सेल क्यामेरा भएको फोन बनाउँदै सामसङ

टेकपाना टेकपाना

मंसिर २४, २०७७ १२:५६

६०० मेगापिक्सेल क्यामेरा भएको फोन बनाउँदै सामसङ

काठमाडौं । सामसङले ६०० मेगापिक्सेलको क्यामेरा सेन्सर भएको स्मार्टफोन बनाउने काम गरिरहेको खबर बाहिर आएको छ । हाल उक्त क्यामेरा सेन्सर निर्माणको क्रममै रहेको भन्दै ट्वीटरमा लोकप्रिय टिपस्टर आइस यूनिभर्सले यो जानकारी सार्वजनिक गरेको हो ।

उक्त ट्वीटअनुसार सामसङले निर्माण गरिरहेको उक्त क्यामेरा लेन्सले फोरके र एटके भिडियोमा जुम गर्दा अहिले देखिने किसिमको समस्यालाई पूर्ण रुपमा सामाप्त पार्नेछ । यस्तै उक्त क्यामेरा लेन्सको आकार १/०.५७ इन्च हुने उल्लेख गरिएको छ ।

जुन हाल उपलब्ध स्मार्टफोन क्यामेरा सेन्सरको तुलनामा ठूलो हुने अपेक्षा गरिएको छ । अहिले बजारमा ह्वावेको पी ४० प्रो प्लसमा १/१.२८ इन्च सेन्सर प्रयोग गरिएको छ ।

जुन हालसम्मकै ठूलो मोबाइल क्यामेरा सेन्सर हो । सामसङले यति ठूलो सेन्सर निर्माणसँगै उक्त क्यामेरा सेन्सर मोबाइलमा प्रयोग गर्दा पछाडिको भागमा हुने बम्प (क्यामेराको भाग उठ्ने समस्यालाई कम गर्न समेत काम गरिरहेको उल्लेख छ ।

त्यसका लागि जम्मा १२ एम एमको प्यानल तयार गरिरहेको छ । हाल सामान्यतया त्यस्तो प्यानल २२ एमएमको हुने गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०