close

फुडमाण्डुमा साइबर आक्रमण गर्ने ह्याकर पक्राउ

टेकपाना टेकपाना

मंसिर २४, २०७७ १३:१८

फुडमाण्डुमा साइबर आक्रमण गर्ने ह्याकर पक्राउ

काठमाडौं । खाना डेलिभरी गर्ने अनलाइन सेवाप्रदायक कम्पनी फुडमाण्डुको डेटाबेस ब्रिच (चोरी) गर्ने ह्याकरलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले दिनेश तिवारीलाई पक्राउ गरेको हो ।

ब्यूरोले सञ्चालन गरेको विशेष अप्रेसन ‘ह्याकर्स हन्ट’को माध्यमबाट १९ वर्षे ह्याकर तिवारीको पहिचान ब्युरोले गरेको हो । नवलपरासी जिल्लाको पश्चिम सुनवल नगरपालिकाका तिवारी हाल काठमाडौंको रानीबारीमा बस्दै आइरहेका थिए । 

तिवारीले गत वर्ष फाल्गन २५ गते फुडमाण्डुको साइटमा अनधिकृत पहुँच पुर्‍याएर डेटा सार्वजनिक गरिदिएका थिए । उनले विद्युतीय कारोबार ऐन २०६३ को परिच्छेद ९ अन्तर्गतको अपराध गरेको ब्यूरोको ठहर छ ।

तिवारीलाई काठमाडौं जिल्ला अदालतको आदेशपछि ब्यूरोले उनलाई पक्राउ गरी अनुसन्धान अगाडी बढाएको छ । ह्याकर हण्ट अन्तर्गत ब्यूरोले यस अघि लोकसेवा आयोगको सर्भर ह्याक गर्ने तीन जना ह्याकर पक्राउ गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०