close

ईसेवाबाट प्युठानका मनोजले पाए टीभीएस मोटरसाइकल

टेकपाना टेकपाना

मंसिर २५, २०७७ १५:३२

ईसेवाबाट प्युठानका मनोजले पाए टीभीएस मोटरसाइकल

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले दशैँ,तिहार र छठलाई लक्षित गर्दै सुरु गरेको ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ योजनाका बिजेता घोषणा गरिएको छ । उपहार योजना अन्तर्गत प्युठान रानीकमला धर्मावती २ का मनोज केसीले बम्पर उपहारमा टीभीएस अपाची आरटीआर मोटरसाइकल जित्न सफल भएका छन् ।

बुधबार राजधानीमा आयोजित कार्यक्रममार्फत गोलाप्रथाबाट विजेता सार्वजनिक गरिएको हो ।बुधबार नै अन्य १३ जनाले दराज, मिसिओ, मिनिसो, एसीडीसीको तर्फबाट विभिन्न आकर्षक पुरस्कार जित्न सफल भए ।

मंसिर ५ गतेसम्म सञ्चालन भएको यो योजनामा साप्ताहिक रुपमा सयौँले आकर्षक पुरस्कार जित्न सफल भएका थिए । सम्पूर्ण विजेताहरुको विवरण ब्लग डट इसेवा डटकम डट एनपी र इसेवाको फेसबुक पेजमा सार्वजनिक गरिएको छ ।

उपहार योजनामा ईसेवाले मिसिओ, मिनिसो, केकेफसी, टिएफटी, दराज, बेननेभिज, एसीडीसी,भोज, भिजन तथा ग्यापु जस्ता चर्चित ब्राण्डसँग सहकार्य गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०