close

जिओनीका २ करोड स्मार्टफोनमा माल्वेयर घुसाउने कर्मचारीलाई जेल सजाय

टेकपाना टेकपाना

मंसिर २८, २०७७ ११:२०

जिओनीका २ करोड स्मार्टफोनमा माल्वेयर घुसाउने कर्मचारीलाई जेल सजाय

काठमाडौं । गत साता चीनको एउटा अदालतले चारजना व्यक्तिहरुलाई साढे तीन वर्षसम्मको जेल सजाय तोकेको छ । बजेट ब्राण्डको फोन जियोनीका दुई करोड स्मार्टफोन सेटमा माल्वेयर इन्जेक्ट गरेको आरोपमा ती व्यक्तिहरुलाई जेल सजाय सुनाइएको हो । 

चीनका सस्ता बजेट फोनहरुमा माल्वेयर इन्जेक्ट भएको यो पहिलो घटना भने होइन । तर यसपटक भने जियोनीका आफ्नै कर्मचारीले मिलेर फोनमा माल्वेयर इन्जेक्ट गरेको खुल्न आएको साउथ चाइना मर्निङ पोस्टले लेखेको छ । 

ती चारैजना कर्मचारी जियोनीको सब्सीडरी कम्पनी सेन्जेन झिपु टेक्नोलोजी र कम्पनीको पार्टनर बेजिङ बाइस टेक्नोलोजीका कर्मचारीहरु थिए । डिसेम्बर २०१८ देखि अक्टोबर २०१९ को बीचमा ती फोनहरुमा माल्वेयर इन्जेक्ट गरिएको थियो ।

कम्प्युटर तथा नेटवर्कलाई कम्प्रोमाइज गरी क्षति पुर्‍याउन उक्त सफ्टवेयर डिजाइन गरिएको थियो । त्यस किसिमको आपराधिक क्रियाकलापबाट ती चारजनाले साढे ४२ लाख अमेरिकी डलर संकलन गरेका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४