किसानलाई बजारसँग यसरी जोड्दैछन् भारतीय स्टार्टअप

India-startup-farmer-techpana

काठमाडौं । कोभिड— १९ महामारीपछि भारतको कृषि क्षेत्रमा धेरै परिवर्तनहरु आए । देशव्यापी लकडाउनले आपूर्ति प्रणाली समेत प्रभावित भयो । यसबीच दैनिक आवश्यकताका खाद्यवस्तु तथा फलफूल तरकारी, माछा मासुको माग पनि निकै बढ्यो । यसले आपूर्तिमा निकै ठूलो दबाब सिर्जना गरायो ।

सहरबाट मानिसहरु गाउँ फर्कदाँ सरकारले महात्मा गान्धी राष्ट्रिय ग्रामिण रोजगारी प्रत्याभूति ऐन अन्तर्गतको बजेटमा ४० हजार करोड भारतीय रुपैयाँ बढाएको घोषणा गर्‍यो । साथै सरकारले डेढ लाख करोड भारतीय रुपैयाँको कृषि पूर्वाधार प्याकेजसँग कृषि सुधारको समेत घोषणा गत मे महिनामा गर्‍यो ।

यस अन्तर्गत सरकारले अन्तरराज्यबीच हुने कृषि सामाग्रीको व्यापारमाथिको अवरोधलाई पनि हटाइदियो र कृषकहरुलाई ठूला खुद्रा तथा निर्यातमा संलग्न हुने अवसर प्रदान गर्‍यो । त्यसैबीच सरकारले अत्यावश्यक सामग्री ऐनमा समेत संसोधन गर्‍यो ।

कृषि क्षेत्रलाई बल प्रदान गर्न र ग्रामिण इकोसिस्टमलाई मजबूत बनाउन सरकारका यी स्पष्ट संकेतहरु थिए । सरकारका यस्ता कदमलाई भारतको घाइते अर्थतन्त्र उपचारको महत्वपूर्ण तत्वको रुपमा हेरिएको छ ।

यता नेपालमा भने उखु किसानहरु भने चिनी उद्योगीले सम्झौता अनुसारको रकम उपलब्ध नगराएको भन्दै आन्दोलनमा छन् । काठमाडौंको चिसोमा पूर्वी तराईका किसानहरुको आफ्नो पसिनाको मूल्य माग्न दिनरात आन्दोलनमा होमिन बाध्य छन् ।

भारतमा भने यसैक्रममा कृषकहरुलाई सहयोग गर्न र उपभोक्ताहरुलाई उच्च गुणस्तरको सेवा प्रदान गर्न धेरै संख्यामा एग्रिटेक स्टार्टअपहरु बाहिर आए । जसले विजारोपण तथा सप्लाई चेन व्यवस्थापनका लागि धेरै नविन विधिहरु पनि पस्किए ।

आज हामी तपाईलाई केही त्यस्ता एग्रिटेक कम्पनीहरुका बारेमा बताउँदैछौं र उनीहरुले प्रविधिको प्रयोगबाट कृषि र सप्लाई चेनमा पारेको प्रभावलाई समेत हामी केलाउनेछौं ।

बिजकः मानिसहरु जोड्दै

अप्रिल २०१९ मा बिजकले कृषि सामग्रीहरुको एउटा बिजनेस टु बिजनेस मार्केटप्लेस सार्वजनिक गर्‍यो । जसले व्यवसायी, होलसेलर, फूड प्रोसेसर र कृषकहरुलाई जोड्न मद्दत गर्‍यो । व्यवसायमा पारदर्शीता र जवाफदेहिता ल्याउनलाई कम्पनीले क्रेता र बिक्रेताको कारोबार इतिहासको आधारमा रेटिङ तयार गर्ने गर्दछ ।

यस इकोसिस्टमभित्रका सबै साझेदारहरुलाई सहयोग गर्नुका साथै एकअर्कोलाई पहिचान गर्न समेत सहयोग पुर्‍याएको बिजकका सहसंस्थापक नुकुल उपाध्याय बताउँछन् । ‘यो प्लेटफर्मले अन्य भौतिक मण्डी र आर्टिया (कमिशन एजेन्ट), लोडर र सबैलाई अनलाइन इन्टरफेस प्रदान गरी डिजिटाइज गरेको छ ।’ उपाध्याय भन्छन् ।

किसानहरुले बिजक एपबाट आफ्ना मण्डीका क्रेता तथा आपूर्तिकर्ताहरुका लागि एक्सेस प्रदान गरेको छ । हालै आएको कृषि विधानकोसँग यो एप अझै धेरै सान्दर्भिक बनेको छ । यसले कृषकहरुसँग प्रत्यक्षरुपमा प्राइभेट प्लेयर्सहरुलाई करार गर्न खुल्ला छाडीदिएको छ ।

अन्य एग्रिटेक खेलाडीहरुको जस्तै बिजकको पनि महामारी र लकडाउनको समयमा वृद्धि ह्वात्तै बढ्यो । फूड चेनमा देखिएको अवरोध र अनियमित सेवालाई राज्य सरकार, फार्मर प्रोड्युसर अर्गनाइजेसन र एनजीओले समत अप्रोच गर्‍यो । अहिले यो स्टार्टअपले आफ्नो माछा, सागसब्जी बेच्न नसक्ने कृषकहरुसँग मिलेर काम गरिरहेको छ ।

यसबाहेक अहिले बिजकले एग्रि स्पेसमा उदय भइरहेका नयाँ खेलाडीहरुसँग पनि सहकार्य गरिरहेको छ । खरिद तथा वितरण व्यवस्थापन गर्न नसक्ने कृषकहरुलाई बिजकले सिधै उपभोक्तासँग जोडिरहेको छ ।

‘यी कृषक तथा उपभोक्ताहरु बिजकको प्लेटफर्ममा जोडिन्छन् र हाम्रो नेटवर्कबाट देशभरका विभिन्न भागका सामाग्रीहरु प्राप्त गर्छन् । अर्को तर्फ मल, बिजजस्ता कम्पनीहरुसँग पनि कृषक नेटवर्कलाई व्यवस्थापन गर्ने क्षमता छैन ।

आफ्नो सामग्री कसरी बिक्री गर्ने उनीहरुलाई राम्रोसँग थाहा हुँदैन । उनीहरु हाम्रो प्लेटफर्ममा सप्लायर्सको रुपमा जोडिएर हाम्रो क्रेताको नेटवर्कलाई समेट्छन्’ उपाध्याय भन्छन् । अहिलेलाई स्टार्टअपको प्लेटफर्ममा ३० हजार सक्रिय क्रेता तथा व्यापारीहरु छन् ।

२०१९ अक्टोबरमा बिजकको ग्रस मर्केन्डाइज भ्यालु अर्थात् जीएमभी ५० करोड भारु थियो भने अहिलेको यसको वार्षिक जीएमभी १२ सय करोड डलर पुगेको छ । गत अप्रिल २०२० मा कम्पनीले आफ्नो ए फण्डिङ राउण्डमा ९० करोड ७६ लाख भारु उठाएको थियो ।

जसमा रसियाली भेन्चर क्यापिटल कम्पनी आरटीपी ग्लोबलको नेतृत्व रहेको थियो । उपाध्याय र उनको टोलीले कृषकको आउटपूटलाई निरन्तर बढाउँदै लग्ने योजना बनाएको छ । साथै बाली थन्काइसकेपछि एपमा थप फिचर थप्ने जसमा लजिस्टिक्सको समेत भ्याल्यु एड गर्ने बताएको छ ।

उपाध्याय भन्छन्, ‘भारतमा जानकारी र पारदर्शिताको कमीले कृषि धेरै नै प्रभावित भएको छ । हामी यो विश्वासको विचलनको कमी पुरा गर्न सक्षम भएका छौं । मानिसहरु आफ्नो शूल्क तथा ऋण जोखिमको चिन्ता नलिइ व्यापार गर्न पाएका छन् ।’

फसलः प्रिसिजन फार्मिङ

फसल एउटा एग्रिटेक स्टार्टअप हो जसले कृषि स्तरको डेटा प्रयोग गरी कृषि तथा वृद्धिका लागि आवश्यक सिंचाई, किटनासक तथा औषधीको प्रक्षेपण गर्दछ । साथै यसले कृषकहरुलाई जानकारीमूलक निर्णय समेत लिन सहयोग गर्दछ ।

कोभिड १९ को महामारी पछि कम्पनीले ‘फसल क्रान्ति’ सार्वजनिक गरेको छ । वास्तवमा यो एउटा प्लग एण्ड प्ले, आइओटी र सेन्सर आधारित उपकरण हो जसलाई सञ्चालन हुन कुनै पनि प्राविधिक विज्ञताको खाँचो छैन ।

यो डिभाइसमा १२ वटा भन्दा धेरै सेन्सरहरु छन् जसले माइक्रो क्लाइमेट तत्वहरु जस्तै बर्षा, हावाको गति तथा दिशा र सूर्यको तापको निरीक्षण गर्दछ । साथै यसले माटो मुनिका तत्वहरु जस्तै तापमानलाई पनि धेरै स्तरमा मापन गर्दछ ।

‘यसलाई कुनै सहयोगविनै २ मिनेटमै खेतीमा प्रयोग गर्न सकिन्छ । यसलाई जतासुकैका कृषकहरुमाझ पुर्‍याउन सकिन्छ, चाहे त्यो नासिक होस् वा नागाल्याण्ड,’ फसलका सहसंस्थापक शैलेन्द्र तिवारी बताउँछन् ।

clover venture
Image: Nishant Ratnakar for Forbes India

यो कृषि स्टार्टअपले यस किसिमको प्रविधि विकास गरेको छ, जुन पुरै भारतभर प्रयोग भइरहेको छ । विशेषगरी महाराष्ट्र, कर्नाटक, छत्तिसगढ, मध्यप्रदेश, तेलङ्गना र आन्द्र प्रदेश आदीमा । यी क्षेत्रमा १२ हजार एकड जमिन सहित दुई हजारभन्दा धेरै कृषकहरु छन् जो फसलको प्रविधिबाट लाभान्वित छन् ।

आगामी दश देखि १२ महिनाभित्रमा १० हजार कृषकहरुमाझ पुग्ने लक्ष्य लिएको कम्पनीका सहसंस्थापक आनन्द बर्माले बताए ।

यो कम्पनीले ओम्नीभोर, वेबमेकर, माउन्ट पार्कर तथा मिसलटोइ जस्ता भेन्चर क्यापिटल कम्पनीहरुबाट २० लाख डलरको फण्ड जुटाइसेको छ । अब उसले आफ्नो कम्पनीलाई विश्वव्यापी रुपमा बिस्तार गर्ने लक्ष्य लिएको छ ।

‘हामी अन्वेषणबाट निर्देशित कम्पनी हौं । नयाँ विधि र समाधानहरुसँग आउने योजना बनाएका छौं । ताकी अझै धेरै दिगो कृषि इकोसिस्टम तयार गर्न सकौं’ बर्माले भने ।

क्लोभर भेन्चरः ग्रिनहाउस इफेक्ट

२०१८ मा चारजना साथीले ग्रिन हाउस एग्रिटेक स्टार्टअप क्लोभर भेन्चरको स्थापना गरेका थिए । यस कम्पनीले बेंगलोर र हैदराबादमा छरिएर रहेका ७० एकडभन्दा धेरै जमिनमा ६० जना साना किसानसँग काम गर्न सुरु गरेको थियो ।

यो कम्पनी मागमा आधारीत तरकारीको सप्लाई चेन हो । यसले उच्च गुणस्तरको तरकारी उत्पादन गर्ने साना तथा सिमान्तकृत कृषकहरुलाई सहयोग गर्दछ ।

‘ग्रिन हाउस हुने कृषकहरुले पनि उत्पादन र बजारको बारेमा बुझ्न नसक्दा त्यसलाई राम्रोसँग प्रयोग गर्न सकिरहेका छैनन् । त्यस्ता कृषकहरुलाई हामी पूर्ण एग्रोनोमी सेवा प्रदान गर्दछौं । यसमा अन्न उत्पादनमा सहयोग, अन्न व्यवस्थापन प्रविधि, मलखाद्य तथा किटनासक सबै कुरा पर्दछन् ।

जसले उत्पादकत्वलाई बढाउन मद्दत गर्दछ । हामी सेवाग्राहीहरुका लागि सफा तथा उच्च गुणस्तरको बस्तु प्रदान गर्न समेत केन्द्रित छौं’ सहसंस्थापक अभिनाश बीआर बताउँछन् ।

क्लोभरले बीटुबी मोडलमा ताजा उत्पादित बस्तुहरुको बिक्री गर्दछ । साथै उसले केही अंशमा बीटु सी च्यानलमा पनि खाद्य बस्तु उपलब्ध गराउँछ ।

‘लकडाउनका कारण स्थानीय बजार र ठूला खुद्रा पसल बन्द हुँदा किराना स्टोरहरुमा भारी वृद्धि देखियो र हाम्रो विजनेस यतातिर पनि मोडियो ।’ अभिनास भन्छन् । बितेको तीन महिनामा मात्र क्लोभर चारदेखि पाँच गुणाले बढेको उनी सुनाउँछन् । – एजेन्सीकाे सहयाेगमा

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team