close

नेपालमा आफ्नो कार्यालय खोल्दै भाइबर

टेकपाना टेकपाना

पुस १, २०७७ १९:५५

नेपालमा आफ्नो कार्यालय खोल्दै भाइबर

काठमाडौं । लोकप्रिय म्यासेजिङ एप राकुटेन भाइबरले नेपालमा आफ्नो कार्यालय खोल्ने भएको छ । भाइबर एपबाटै भुक्तानीको लागि ईसेवासँग बुधबार भएको सम्झौताको क्रममा कम्पनीका प्रमुख ग्रोथ अधिकृत अन्ना जन्मेन्स्काले यसबारे जानकारी दिएकी हुन् ।

उनले नेपाल भाइरबरका लागि एउटा महत्वपूर्ण बजार भएको बताउँदै यसलाई अझ विस्तार गर्ने योजना रहेको बताइन् । ‘हाल नेपालमा हाम्रा केही एजेन्ट छन्,’ उनले भनिन्, ‘तर, हामी यसलाई क्रमशः विस्तारै गर्दै जाने योजनामा छौं । सँगसँगै हामी हाम्रो टिमलाई पनि विस्तार गर्दै छौं । त्यसका लागि आगामी दिनमा नेपालमा कार्यालय नै स्थापना गर्दै छौं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४