close

फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्ने तयारीमा भिभो

टेकपाना टेकपाना

पुस ४, २०७७ १५:५३

फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्ने तयारीमा भिभो

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी भिभोले विश्व बजारमा फोल्डेवल फोन सार्वजनिक गर्ने तयारी गरेको छ । स्मार्टफोन बजारमा पछिल्लो समय फोल्डेबल फोन एक किसिमको ट्रेन्ड नै बन्न पुगेको छ ।

अबको नयाँ वर्षमा धेरै ब्राण्डले फोल्डेबल फोन सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । यसैबीच चिनियाँ स्मार्टफोन ब्राण्ड भिभो पनि उक्त दौडमा सामेल भएको हो ।

हालसम्म प्राप्त जानकारी अनुसार कम्पनीले सन् २०२१ को मध्यतिर आफ्नो पहिलो फोल्डेबल फोन सार्वजनिक गर्नेछ । यसअघि सन् २०२० को फेब्रुअरीमा भिभोले स्टाइलस पेन भएको फोल्डेबल फोनको डिजाइनको पेटेन्ट दर्ता गराएको थियो ।

त्यसैले कम्पनीले सार्वजनिक गर्ने उक्त फोल्डेबल फोनमा स्टाइलस पेन समेत हुने अपेक्षा गर्न सकिन्छ । उक्त पेनमार्फत फोनलाई सहज रुपमा प्रयोग गर्न सकिने जनाइएको छ । उक्त फोन विभिन्न तहमा फोल्ड गर्न सकिने र खोल्दा ट्याब्लेट जस्तै देखिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०