close

स्मार्ट टेलिकमबाट मोबाइलमा यसरी लिनुहोस् सापटी

टेकपाना टेकपाना

पुस ५, २०७७ १३:५६

स्मार्ट टेलिकमबाट मोबाइलमा यसरी लिनुहोस् सापटी

काठमाडौं । टेलिकम सेवा प्रदायक कम्पनीहरुले लामो समयदेखि आफ्ना ग्राहकलाई क्रेडिट अर्थात सापटी उपलब्ध गराउँदै आएका छन् । सरकारी स्वामित्वका नेपाल टेलिकम, निजी क्षेत्रको सबैभन्दा ठूलो सेवा प्रदायक कम्पनी एनसेलले मात्र नभएर नेपालको तेस्रो ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले पनि यो सेवा उपलब्ध गराउँदै आएको छ ।

स्मार्ट टेलिकमले आफ्ना ग्राहकलाई लक्षित गर्दै केही समय अघि ‘इजि लोन’ अफर ल्याएको थियो । जसमार्फत स्मार्टका ग्राहकहरुले आफ्नो ब्यालेन्स १ रुपैयाँ वा त्यसभन्दा कम भएको अवस्थामा १० रुपैयाँसम्म सापटी लिन सक्छन् ।

यसले ब्यालेन्स कम भएको अवस्थामा ग्राहकलाई सहज हुने कम्पनीको अपेक्षा रहेको छ । त्यसैले यहाँ हामी तपाईंलाई स्मार्टले उपलब्ध गराएको इजि लोन अर्थात सापटी कसरी लिने भन्ने बारेमा बताउँदै छौं ।

त्यसका लागि सुरुमा तपाईंको ब्यालेन्स एक रुपैंया भन्दा कम रहेको सुनिश्चित गर्नुपर्ने हुन्छ । साथै स्मार्टको सिमकार्ड ६ महिना प्रयोग भएको समेत हुनुपर्छ ।

यदि तपाईंको स्मार्ट सिममा एक रुपैंयाँभन्दा कम ब्यालेन्स भएको खण्डमा तपाईंले सहजै १० रुपैयाँ सापटी लिन सक्नुहुनेछ । त्यसका लागि *१२९*१०# डायल गर्नुहोस् ।

यति गरिसक्दा यदि तपाईंको मोबाइलमा ब्यालेन्स १ रुपैयाँभन्दा कम भएको खण्डमा तुरुन्तै सापटी रकम तपाईंको मेन ब्यालेन्समा उपलब्ध हुनेछ । त्यसरी उपलब्ध भएको सापटी फिर्तासँगै सेवा शुल्कको रुपमा तपाईंले केही रकम भने भुक्तानी गर्नुपर्ने हुन्छ ।

तर, सेवा शुल्क कति लाग्ने भन्ने विषयमा भने स्मार्ट टेलिकमले कुनै जानकारी दिएको छैन । सापटी रकम अर्कोपटक रिचार्ज गर्दा काटिन्छ ।

ग्राहकले रिचार्ज नगरेको खण्डमा पनि आगमन कलहरु सुचारु हुन्छन् । तर पुनः लोन लिन भने सकिँदैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०