close

एसएसडी वा एचडीडी, तपाईंको कम्प्युटरका लागि कुन स्टोरेज राम्रो ?

टेकपाना टेकपाना

पुस ५, २०७७ २१:४०

एसएसडी वा एचडीडी, तपाईंको कम्प्युटरका लागि कुन स्टोरेज राम्रो ?

काठमाडौं । वितेका केही वर्षमा हाम्रो कम्प्युटरको हार्डवेयर परिवर्तन भएको छ । कुनै समय हार्ड ड्राइभलाई एउटा मेकानिकल स्पाइनिङ प्लाटर हार्ड डिस्क ड्राइभ (एचडीडी) माात्र भन्ने गरिन्थ्यो ।

तर आज भोलि यसको ठाउँ सोलिड स्टेट ड्राइभ अर्थात् एसएसडीले लिन थालेको छ । यो वास्तवमा एउटा मेमोरी चिपहरुको संग्रह हो । यूएसबी फ्ल्याश ड्राइभसँग यसको धेरै कुरा मिल्छ । 

एसएसडीहरु आधुनिक चिप हुन् । तर यसलाई एचडीडीको साटो किन प्रयोग गर्ने अनि यसका फाइदा के हुन् ? कुन बेला एचडीडी राम्रो विकल्प हुन्छ ? आज हामी तपाईंलाई यी दुवैबीच तुलना गरी विस्तृत रुपमा बताउँदै छौं ।  

क्षमता 

ल्यापटप वा डेस्कटप कम्प्युटरका लागि एसएसडी र एचएचडी दुवै समान क्षमताका साथ तपाईंले बजारमा पाउन सक्नुहुन्छ । अधिकांश कम्प्युटरहरुमा एक टीबी वा दुई टीबीभन्दा माथि क्षमताको हार्डड्राइभ हुँदैन ।

दुई टीबीभन्दा माथिको एसएसडी पाइन्न । तर यही क्षमताको एचडीडी भने धेरै हुन्छन् । त्यत्तिकै सस्तो पनि । यसर्थ यदि तपाईंलाई उच्च क्षमताको स्टोरेज आवश्यक छ भने एचडीडी तपाईंको लागि राम्रो अप्सन बन्न सक्छ । 

मूल्य 

एसएसडीको मूल्य पछिल्ला केही वर्षमा निकै घटेको छ । दुई टीबीसम्म क्षमतामा पाउनका लागि तपाईंले अतिरिक्त खर्च गर्नुपर्दैन । तर एचडीडी त झन् अझै सस्तो मूल्यको प्रविधि हो । 

एउटा दुई टीबीको एसएसडीलाई दुई सय डलर अर्थात करिब २५ हजार रुपैयाँ पर्छ भने त्यही क्षमताको एचडीडी ५० डलर अर्थात ७/८ हजार रुपैयाँमा पाउन सकिन्छ । जबकी ५१२ जीबीको एसएसडीका लागि मात्र तपाईले ५० डलर अर्थात ७/८ हजार रुपैयाँ खर्च गर्नुपर्छ ।

एचडीडी सस्तो हुन्छ । त्यसैले ठूलो क्षमताको खरिद गर्नु नै फाइदाजनक हुन्छ । मूल्यको मामिलामा एसएसडी एचडीडीभन्दा निकै सस्तो हुन्छ । 

 विश्वसनियता

एसएसडीमा हलचल हुने पुर्जा हुँदैनन् । जसले गर्दा एसएसडी निकै नै किफायती हुन्छ । यो झर्दा, वा फाल्दा समेत टुट्ने फुट्ने किसिमको हुँदैन ।

पुरानो हुँदै जाँदा र धेरै प्रयोग गर्दा पनि यसमा मेकानिकल समस्या आउँदैन । यसकारण एसएसडी एचडीडीको तुलनामा धेरै विश्वसनीय हुन्छ । 

तर याद गर्नुपर्ने अर्को कुरा भनेको एसएसडीमा सीमित पटक मात्र लेख्न मिल्छ । त्यसैले यसमा धेरैपटक डेटा लेखियो भने यो बिग्रिनसक्छ ।

एसएसडी प्रविधि अहिले सुधार भएको छ । अपरेटिङ सिस्टम पनि अझै स्मार्ट भएक‍ा छन् । जसले डिभाइसमा डेटा कसरी लेख्ने भन्ने कुरा बुझाउन मद्दत गरेको छ । 

 पर्फमेन्स

जब तपाईं एचडीडीबाट एसएसडीमा जानुहुन्छ, तब यी दुईबीचको पर्फमेन्स लेभल निकै फरक पाउनुहुनेछ । परम्परागत हार्ड डिस्क ड्राइभमा विण्डोज कम्प्युटर बूट अर्थात स्टार्ट वा रिस्टार्ट हुन धेरै समय लाग्छ ।

एसएसडीबाट हुने बुटिङ सेकेण्डमा मापन गर्न सकिन्छ । एसएसडीबाट गरिने जुनसुकै काम पनि एचडीडीमा भन्दा छिटो हुन्छ । फाइल पढ्ने, सेभ गर्ने, एप स्टार्ट गर्ने आदि सबै काम यसमा छिटो रुपमा सम्पन्न हुन्छन् । 

तसर्थ एसएसडीहरु फास्ट हुन्छन् । साथै समयसँगै एचडीडी जस्तो एसएसडी स्लो डाउन भएर पनि जाँदैन । ड्राइभ फूल हुँदा समेत यसको पर्फमेन्स सधैं उस्तै रहन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०