close

५० मेगापिक्सेल क्यामेरा भएको एमआई ११ पुस १३ मा सार्वजनिक हुँदै

टेकपाना टेकपाना

पुस ८, २०७७ १६:४५

५० मेगापिक्सेल क्यामेरा भएको एमआई ११ पुस १३ मा सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड साओमीले यहि डिसेम्बर २८ अर्थात पुस १३ मा ‘एमआई ११’ सार्वजनिक गर्ने भएको छ । क्वालकमले भर्खरैमात्र सार्वजनिक गरेको फ्ल्यागशिप चिपसेटका साथ उक्त फोन सार्वजनिक हुनेछ ।

कम्पनीले ट्वीटरमार्फत एमआई ११ डिसेम्बर २८ मा चीनमा सार्वजनिक गर्ने जानकारी दिएको हो । यो सँगै क्वालकमको फ्ल्यागशिप चिपसेट प्रयोग हुने यो नै पहिलो स्मार्टफोन हुने भएको छ ।

Xiaomi Mi 11 officially arriving on December 28

हालसम्म प्राप्त जानकारी अनुसार उक्त फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र १२ मेगापिक्सेलको टेलिफोटो मोड्युल रहनेछ । भने, यो फोनमार्फत कम्पनीले विभिन्न फिचर समेत सार्वजनिक गर्ने जनाएको छ ।

शाओमी एमआई ११ दुई भेरियन्टमा आउने अपेक्षा गरिएको छ । जसको कलर भेनिला हुनेछ् । यसको बजार मूल्य बारे हाल कुनै जानकारी प्राप्त नभएतापनि फोन तुलनात्मक रुपमा सस्तो हुने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०