close

पठाओका ग्राहक र चालकका लागि ५ लाखसम्मको बीमा

टेकपाना टेकपाना

पुस ९, २०७७ ८:३९

पठाओका ग्राहक र चालकका लागि ५ लाखसम्मको बीमा

काठमाडौं । राइड शेयरिङ सेवा पठाओले आफ्ना ग्राहक र राइडर चालकको बिमा गर्ने भएको छ । यसका लागि पठाओले बुधबार एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ ।

अब पठाओको एपमार्फत् सहजीकरण गरिएका सेवा प्रयोग गर्ने कुनैपनि ग्राहक र चालकको दुर्घटनाका कारण मृत्यु, अपाङ्गता जस्तो अवस्थामा बढीमा ५ लाखसम्मको बीमा गरिएको छ ।

पठाओ नेपालको एप प्रयोग गरी सेवा लिनेदिने सबैले यस प्रकारको बीमा सुविधाबाट लाभ लिन पाउने भएकाले पठाओको सेवा ढुक्क भएर प्रयोग गर्न अनुरोध गरिएको छ ।

साथै एभरेष्ट इन्स्योरेन्ससँग सहकार्य गरेर पठाओले एक लाखसम्मको दुर्घटना उपचार बीमा ल्याएको छ, जुन ग्राहक र राइडर दुवैका हकमा लागू हुनेछ ।

यी दुवै बीमा सुविधा प्रयोग गर्नका लागि दुर्घटना भएको ३० दिनभित्र बीमा कम्पनीको नियमानुसार तोकिएको कागजातसहित निवेदन पेश गर्नुपर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०