close

एचटीएमएल के हो र यसले कसरी काम गर्छ ?

टेकपाना टेकपाना

पुस ९, २०७७ १४:२२

एचटीएमएल के हो र यसले कसरी काम गर्छ ?

काठमाडौं । तपाईं इन्टरनेट प्रयोग गर्नुहुन्छ भने चार अक्षरको ‘एचटीएमएल’ तपाईंले जताततै देख्नु वा सुन्नुभएको छ । हाम्रो युआरएलको ब्राउजर टाइटलमा यो चार अक्षर अधिकांश समय देखिन्छ ।

यो एउटा कोडिङ भाषा हो, जसलाई वेबसाइटको संरचनाका लागि प्रयोग गरिन्छ । आज हामी तपाईंलाई एचटीएमएल के हो भन्ने कुरा बुझाउने छौं ।

एचटीएमएलको पुरा रुप ‘हाइपरटेक्स्ट मार्क अप ल्याङ्ग्वेज’ हो । यसलाई धेरै मानिसले बुझ्दैनन् । सामान्य भाषामा यो एउटा वेब राइटिङ ल्याङग्वेज हो । यसको प्रयोग गरेर वेब पेजहरु लेखिन्छ, बनाइन्छ । 

हामीले आफ्नो जीवनमा प्रयोग गर्ने सबैजसो वेबपेजमा यसको प्रयोग हुन्छ । तपाईंले देख्ने वेबपेजमा भएका कन्टेन्टलाई  कसरी रेन्डर गर्ने भन्ने कुरा एचटीएमएलले निर्धारण गर्दछ ।

उदाहरणका लागि एउटा वेबसाइट छ, जसमा तपाईंले कुनै कन्टेन्ट वा जानकारी लेख्नुभयो भने त्यसलाई तपाईंले एचटीएमएल  ट्यागभित्र लेख्नुहुन्छ । त्यो एचटीएमएल ट्याग प्रयोगकर्ताहरुले देख्न सक्दैनन्, तर त्यसभित्रका कन्टेन्ट भने देख्न सक्छन् । 

आजको समयमा तपाईंले प्रयोग गर्ने अधिकांश वेबसाइटहरु एचटीएमएल ट्यागमा लेखिन्छ ।एचटीएमएलमा भएका ट्यागको अर्थ क्याटागोरी हो ।

एचटीएमएलमा कुनै कन्टेन्ट लेख्नुभयो भने त्यो कन्टेन्टको आफ्नै भाग हुन्छ । जस्तै हेडर, मेन बडी, एण्ड, प्याराग्राफ  आदि । वेब पेज लेख्ने व्यक्तिले यी कुरा यिनै ट्यागभित्र लेख्छन् र त्यही संरचनामा प्रयोगकर्तााहरुले उक्त कन्टेन्टलाई देख्ने गर्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०