close

प्राधिकरणको एमआईएस रिपोर्ट अब तीन/तीन महिनामा, यस्तो छ नयाँ ढाँचा

टेकपाना टेकपाना

पुस ९, २०७७ १६:२१

प्राधिकरणको एमआईएस रिपोर्ट अब तीन/तीन महिनामा, यस्तो छ नयाँ ढाँचा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मासिक रुपमा सार्वजनिक गर्दै आइरहेको एमआईएस रिपोर्टको ढाँचा परिवर्तन गर्ने भएको छ । पुरानो ढाँचालाई परिमार्जन गर्दै दूरसञ्चारका विकास तथा गतिविधिलाई अझ पारदर्शी बनाउने योजनाका साथ प्राधिकरणले ढाँचा परिवर्तन गरेको हो ।

पुरानो ढाँचामा रहेको कतिपय कुरालाई यथावत् राख्दै प्राधिकरणले धेरै कुरालाई समावेश गरेको छ । जसमा विभिन्न सेवा तथा सेवा प्रदायको कभरेज म्याप, वृद्धि ट्रेण्डको ग्राफ, प्रयोगकर्ता अनुसारको औषत आय, प्रधिकरणको आफ्नै गतिविधि, लाइसेन्सिङ, टाइप अप्रूभल, नम्बरिङ, ग्रामीण दूरसञ्चार विकास परियोजना, वैदेशिक मुद्रा रेकोमेन्डेसन, दूरसञ्चार पूर्वाधार आदि थप भएका छन् ।

‘यसरी थप गर्नुको कारण उक्त प्रतिवेदनलाई अन्तराष्ट्रियस्तरको बनाउनु पनि हो,’ प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले भने, ‘नयाँ ढाँचाले नेपालको दूरसञ्चार क्षेत्रको परिदृष्यलाई सहज रुपमा प्रस्तुत गर्न समेत मद्दत गर्नेछ ।’

अर्यालका अनुसार अहिले विभिन्न सेवा प्रदायकबाट प्रतिक्रिया लिनका लागि यो नयाँ ढाँचा सार्वजनिक गरिएको हो । यसमा सेवा प्रदायकबाट आएको प्रतिक्रियालाई समेत समेटेर यसलाई सार्वजनिक गरिनेछ ।

यसअघिसम्म मासिक रुपमा उक्त प्रतिवदेन सार्वजनिक गर्दै आएको प्राधिकरणले नयाँ ढाँचा पास भएसँगै उक्त प्रतिवेदन त्रैमासिक रुपमा सार्वजनिक गर्नेछ ।

MIS-FORMAT-Quarterly-Final

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०