close

सामसङले हटायो आईफोनको मजाक उडाउँदै गरेको विज्ञापन

टेकपाना टेकपाना

पुस ९, २०७७ १८:२३

सामसङले हटायो आईफोनको मजाक उडाउँदै गरेको विज्ञापन

काठमाडौं । सामसङले एप्पलको मजाक गर्दै बनाएको फेसबुक विज्ञापन हटाएको छ । एप्पलले आईफोन ट्वेल्भको बक्समा चार्जर नहुने भनी जानकारी दिएपछि सामसङले चार्जरको विषयलाई लिएर मजाक गर्दै पोष्ट गरेको थियो ।

उक्त पोष्ट गत अक्टोबरमा सामसङको पेजमा राखिएको थियो । जसमा चार्जरको फोटो थियो । भने, उक्त पोष्टको क्याप्सन ‘ग्यालेक्सीमा यो पनि हुनेछ’ भनी लेखिएको थियो ।

A Samsung ad including an image with a phone charging brick captioned “Included with your Galaxy”

उक्त पोष्ट अहिले आएर सामसङले हटाएको छ । यसअघि एप्पलले पनि सामसङलाई मजाक उडाउँदै यस्तै खालको पोष्ट गरेको थियो । सन् २०१० मा सामसङ ग्यालेक्सी नोट टेन हेडफोन ज्याकबिना सार्वजनिक भएको थियो ।

त्यसबेला एप्पलले पनि यस्तै खालको पोष्ट बनाएर सामसङको मजाक उडाएको थियो । तर, त्यसबेला सामसङले भने हेडफोन ज्याक नराख्नुको कारण खुलाएको थियो ।

एप्पलको हकमा हालसम्म किन चार्जर हटाइयो भन्ने कुनै आधिकारिक जानकारी आएको छैन । यसै विषयलाई लिएर पोष्ट भएको उक्त विज्ञापन भने करिब दुई महिनापछि सामसङले हटाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०