close

यस्ता छन् विश्वकै उत्कृष्ट ५ पब्जी मोबाइल प्लेयर

टेकपाना टेकपाना

पुस ११, २०७७ १२:५६

यस्ता छन् विश्वकै उत्कृष्ट ५ पब्जी मोबाइल प्लेयर

काठमाडौं । २०२० को वर्ष पब्जी मोबाइल गेमको लागि यादगार वर्ष रहन गयो । पब्जीको अभिभावक कम्पनी टेन्सेन्टले गेमिङबाटै यस वर्ष २ अर्ब ६० करोड डलरको आम्दानी गर्दै पब्जीलाई सदावहार सफल गेमिङको अग्रसूचीमा ल्याएर उभ्यायो । 

२०२० मा यो सबैभन्दा धेरै डाउनलोड भएको गेम पनि बन्न सफल भयो । यसैवर्ष दुई मोबाइल ईस्पोर्ट्सहरु पनि आयोजना भए: पीएमडब्लुएल इस्ट र अर्को पीएमजीसी । यी दुवै गेमले १० लाख भ्यूअरसिप पुरा गर्न सफल भयो । 

२०२० को अन्त्यतिर आइपुग्दै गर्दा यस वर्षको पब्जी मोबाइलका शीर्ष पाँच गेमरका बारेमा बताउँदै छाैं । 

५. गोन्जो

काजाकिस्तानका गोन्जो कोनिना पावरका क्याप्टेन हुन् । उनको वास्तविक नाम नूरसुल्तान नार्टबयेभ हो । हालै भएको पीएमजीसीमा उनी चौंथो स्थानमा सुरक्षित रहन सफल भए ।

उनले २५ प्रतिशत हेडसट रेट ल्याएर पीएमजीसीमा हेडसट मास्टरको अवार्ड पनि पाउन सफल भए । टुर्नामेन्टमा जुनसुकै प्लेयरका लागि यो उच्चतम रेटिङ हो । 

४. ईयर्नी

थाइल्याण्डको पब्जी टिम आरआरक्यू अथेनाका एसल्टर हुन् ईयर्नी, जसको वास्तविक नाम हो वचिराविट रामाङकूल । २०२० को पीएमजीसीमा उनी टप फ्रागर्स (ग्रिनेड फ्याँक्ने व्यक्ति) बने । पीएमडब्लुएल इस्ट र पीएमजीसी लिग स्टेज दुवैमा उनको टिम आरआरक्यू अथेनाले तेस्रो स्थान सुरक्षित गर्न सफल भयो । 

३. 33एस भ्यान

33एस भ्यान चिनियाँ पब्जी मोबाइल प्रो खेलाडी हुन् । उनको वास्तविक नाम झोङ होङसेन हो । उनी फोर एङ्ग्री मेन टिमका लागि एसल्टर हुन् ।

पीएमजीसिको लिग स्टेजमा उनले एमभीपीको टाइटल हात पारे । साथै पीएमजीसीमा फोर एङग्री म्यान ग्रुपका 33एस भ्यानले ड्यामेज मास्टर र द लास्ट म्यान स्ट्याण्डिङको टाइटल जित्न सफल भए । 

२. रिजेन 

इन्डोनेसियाली टिम बिग्ट्रोन आरएका मोहम्मद अल्बी पब्जी मोबाइल वर्ल्डमा रिजेन नामले परिचित छन् । उनी टिममा मेन रसर एसल्टर हुन् । पीएमजीसी २०२० मा उनले ग्रिनेड मास्टरको टाइटल हात पारेका थिए । उनी दुवै पीएमडब्लुएल इस्ट र पीएमजीसी २०२० का टप फ्रागर्स हुन् । 

१. सूक

सूकको नामले पब्जी मोबाइल वर्ल्डमा चिनिने चोइ वन सूक दक्षिण कोरियाली नागरिक हुन् । उनी फोर एङ्ग्री मेन टिमका लागि खेल्छन् । उनले पीएमजीसी २०२० को किल्स चार्टमा अग्रस्थान हासिल गरेक थिए जसमा उनको १४९ वटा फ्राग्स थियो ।

उनी लिगकै टर्मिनेटर टाइटलबाट समेत सम्मानित भए । वास्तवमा फोर एङ्ग्री मेनका लागि २०२० निकै भाग्यशाली सावित हुन गयो ।

यसले पीएमजीसी लिग स्टेज र पीईएल एस थ्री दुवैको टाइटल हात पार्न सफल भयो । उनी पीईएल सिजन थ्री ग्राण्ड फिनालेको एमभीपी समेत बन्न सफल भए ।

 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०