close

१२ विधामा आईसीटी अवार्ड वितरण

टेकपाना टेकपाना

पुस १२, २०७७ १४:३०

१२ विधामा आईसीटी अवार्ड वितरण

काठमाडौं । लिभिङ विथ आईसीटीको आयोजनामा वर्षेनी आयोजना हुँदै आइरहेको आईसीटी अवार्डको पाँचौं संस्करण शनिबार राजधानीमा सम्पन्न भएको छ । ह्वावे आईसीटी अवार्ड २०२० नाम दिइएको यस कार्यक्रममा विभिन्न ११ विधा र जुरी मेन्सन सहित १२ प्रतिस्पर्धीलाई अवार्ड प्रदान गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, मन्त्रालयका सचिव हरि बस्याल, पूर्वमन्त्री गणेश साह, योजना आयोकका सदस्य डा. रामकुमार फुँयाल, हुवावे नेपालका सिईओे ज्याङ जियोजिङ लगायतले विजेतालाई अवार्ड प्रदान गरेका थिए ।

आईसीटी अवार्ड २०२० मा राइजिङ स्टुडेन्ट प्रोजेक्ट ‘सञ्चै छौ’देखि डिजिटल गभर्नेन्स उत्कृष्ट संस्था आन्तरिक राजश्व विभागससम्मले अवार्ड प्राप्त गरेका थिए ।

पायोनियर आईसीटी अवार्ड निलकण्ठ उप्रेतीले प्राप्त गरे भने आन्ट्रप्रेनियर अवार्ड विनय वोहोराले पाए । यसैगरी वुमन आइकन आईसीटी अवार्ड तिमिला यमीले प्राप्त गरिन् भने नेपाली डायस्पोरा आईसिटी अवार्ड गौरवराज उपाध्यायले पाए ।

एनसेल इन्नोभेसन ड्रिभन क्राइसिस रेसपोन्स आईसीटी अवार्ड पाइला रिसेसिएटरले प्राप्त गरेको थियो भने स्टार्टअप आईसीटी अवार्ड क्रिप्टोजेन नेपालले प्राप्त गरेको छ । प्रडक्ट आइसीटी अवार्ड सिपिएफडिएस र जुरी मेन्सन आईसीटी अवार्ड हाम्रो स्वास्थले प्राप्त गरेको छ ।

Image may contain: 5 people, people standing, people dancing, people on stage and beard

ह्वावे नेपालले प्रमुख ४ क्याटगरी स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टुडेन्ट आईसीटी अवार्ड र एनसेल इन्नोभेसन आईसीटी अवार्डका टप फाइभ विजेताहरुलाई ह्वावे क्लाउड सेवा उपलब्ध गराउनेछ ।

एनसेलले इन्नोभेसन विधाका विजेतालाई ३ लाख रुपैँया रकम पनि उपलब्ध गराएको छ । नेपाल टेलिकमले सबै विजेतालाई फाइबर, जिनस सोलुसनले ५ हजार डलर बराबरको क्रेडिट, ईसेवाले विजनेश प्रवद्र्धन निःशुल्क गरेका छन् ।

अवार्ड कार्यक्रममा सम्वोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले प्रविधि क्षेत्रका विज्ञहरुको रोष्टर बनाएर वृहतरुपमा प्रविधिको विस्तार र डिजिटल नेपालको अभियानलाई सफल बनाउन चाहेको बताए ।

अब सूचना प्रविधिले राजनीति सफा गर्नुपर्ने बेला आएको भन्दै अवार्डले नेपाली इन्नोभेसनदेखि सरकारी सस्थााई समेत अगाडि बढ्न प्रोत्साहन गरेको मन्त्री गुरुङको भनाइ थियो ।

Image may contain: 5 people, people standing, people dancing and people on stage

कसले कुन अवार्ड जिते ?

  • स्टार्टअप आईसीटी अवार्ड– क्रिप्टोजेन नेपाल प्रालि
  • प्रडक्ट आईसीटी अवार्ड– सीपीएफडिएस
  • राइजिङ स्टुडेन्ट आईसीटी अवार्ड – सन्चै छौं
  • एनसेल इन्नोभेसन ड्रिभन क्राइसिस आईसीटी अवार्ड– पाइला इमरजेन्सी रिस्ससिटिएटर
  • डिजिटल एजुकेशन अवार्ड– बुढानिलकण्ठ स्कूल
  • डिजिटल गभर्नेन्स आईसीटी अवार्ड– आन्तरिक राजस्व विभाग
  • पायोनियर आईसीटी अवार्ड– निलकण्ठ उप्रेति
  • आन्टरप्रेनर आईसीटी अवार्ड– विनय बोहरा
  • नेपाली डायस्पोरा आईसीटी अवार्ड– गौरभ राज उपाध्याय
  • वुमन आइकन आईसीटी अवार्ड–तिमिला यमी थापा
  • मिडिया पर्सन आईसीटी अवार्ड– किरण आचार्य (कारोबार दैनिक)
  • जुरी मेन्सन आईसीटी अवार्ड– हाम्रो स्वास्थ्य

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०