close

‘सञ्चै छौं’लाई राइजिङ स्टुडेन्ट आईसीटी अवार्ड

टेकपाना टेकपाना

पुस १३, २०७७ ७:४९

‘सञ्चै छौं’लाई राइजिङ स्टुडेन्ट आईसीटी अवार्ड

काठमाडाैं । ‘राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०२०’ सन्चै छौंलाई प्रदान गरिएको छ । शनिबार भएकाे एक कार्यक्रममा विद्यार्थीकाे याे प्राेजेक्टले अवार्ड जितेकाे हाे ।

सञ्चै छौंको विकास सेन्ट जेभियरका विद्यार्थी गौतम फुयाल, गौरभ चौलागाई, कासिस मानन्धर र करिष्मा कुँवरले गरेका हुन् । 

सन्चै छौंका प्रयोगकर्ताहरुले भर्चुअल रुपमा डाक्टरसँग परामर्श गर्न सक्छन् । त्यस्तै सन्चै छौंको एपमा स्वास्थ्य टिप्स, औषधीहरु कुन खाने र कुन समयमा खाने जानकारी, नजिकैको अस्पतालको बारेमा जानकारी, रोगको बारेमा जानकारी लिन सकिने लगायतका सुविधा रहेका छन् ।

यसमा भर्चुअल मेडिकल असिस्टेन्टको समेत सुविधा रहेको छ । कुन समस्या वा रोगमा कस्तो औषधी प्रयोग गर्ने भन्ने कुरामा पनि विभिन्न प्रविधि र कन्सल्टेसन मार्फत एपले सजेष्ट गर्नसक्छ । आफ्नो नजिक रहेको अस्पताल र स्वास्थकर्मिहरुको बारेमा पनि यसले जानकारी दिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०