close

फाइभजी प्रविधिको विकासमा अग्रसर हुँदै ओप्पो, भारतमा खोल्यो इनोभेसन ल्याब

टेकपाना टेकपाना

पुस १२, २०७७ १६:९

फाइभजी प्रविधिको विकासमा अग्रसर हुँदै ओप्पो, भारतमा खोल्यो इनोभेसन ल्याब

काठमाडौं । भारतमा फाइभजी कनेक्टेड ईकोसिस्टम निमार्णका लागि आवश्यक अध्ययन तथा विकासका लागि ओप्पोले आरएण्डडी सेन्टरमा ‘फाइभजी इनोभेशन ल्याब’ स्थापना गरेको छ ।

कम्पनीले भारतको हैदरावादमा रहेको आफ्नो कार्यालयमा उक्त ल्याब सञ्चालनमा ल्याएको हो । बजारको आवश्यकतालाई मध्यनजर गर्दै त्यही अनुसारका फाइभजी प्रविधिको विकासका लागि ओप्पोले सुरु गरेको यो ल्याब महत्वपूर्ण उपलब्ध हुने उल्लेख गरिएको छ ।

‘ओप्पोको प्राविधिक विकासका लागि फाइभजी अपरिहार्य छ,’ ओप्पो रिचर्स ईन्ष्टिच्युटका प्रमुख लेभिन ल्यूले भने, ‘भारतमा फाइभजी ल्याबको स्थापनासँगै फाइभजी इकोसिस्टमका लागि आवश्यक प्रविधिको निर्माण हाम्रो प्रमुख उद्देश्य हो ।’

फाइभजीमा लामो समयदेखि काम गर्दै आएको ओप्पोले अध्ययन तथा प्रविधिको विकासमार्फत यो क्षेत्रमा ठूलो योगदान पुर्‍याउँदै आएको उल्लेख गरेकाे छ । सन् २०१५ मा फोइभजीको थ्रीजीपीपी मापदण्डलाई विश्वव्यापी रुपमा अघि बढाउने ओप्पो नै एक मात्र कम्पनीका रुपमा रहेको थियो ।

सन् २०२० को सेप्टेम्बरसम्म आइपुग्दा ओप्पोले तीन हजारभन्दा बढी थ्रीजीपीपीका लागि फाइभजी मापदण्ड सम्बन्धी प्रस्तावना पेश गरिसकेको छ । साथै कम्पनीले एक हजार फाइभजी प्याटेन्ट दर्ता गराएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०