close

स्न्यापड्रागन ८८८ सहित फ्ल्यागशिप स्मार्टफोन ल्याउँदै मोटोरोला

टेकपाना टेकपाना

पुस १३, २०७७ १३:२९

स्न्यापड्रागन ८८८ सहित फ्ल्यागशिप स्मार्टफोन ल्याउँदै मोटोरोला

काठमाडौं । स्मार्टफोन कम्पनीहरूले स्न्यापड्रागन ८८८ प्रोसेसरको साथ आफ्नो पहिलो स्मार्टफोन सुरूवात गर्न तयारी गरिरहेका छन् । साओमीले आज सार्वजनिक हुने आफ्नो फ्ल्यागशिप स्मार्टफोन एम ११ मा यो चिपसेटको प्रयोग गरेको बताएको छ ।

त्यस्तै अर्को कम्पनी रियलमीले पनि आफ्नो नयाँ फ्ल्यागशिप फोनमा क्वालकमको यो पछिल्लो चिपसेट प्रयोग गर्ने पुष्टि गरिसकेको छ ।

अब मोटोरोला ब्राण्ड पनि यो सूचीमा थपिएको छ । रिपोर्टका अनुसार मोटोरोलाको नयाँ फ्ल्यागशिप फोन स्न्यापड्रागन ८८८ का साथ आउँदै छ ।

लेनोभोको स्वामित्वमा रहेको मोटोरोलाले वर्ष २०२१ मा ‘मोटो जी फाइभजी’ र ‘माेटाे जी फाइभजी’ प्लस ल्याउने तयारीमा रहेको खबर अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले लेखेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०