close

ड्राइभिङ लाइसेन्सका लागि बिहान ६ देखि राति १० बजेसम्म अनलाइन फर्म भर्न सकिने

टेकपाना टेकपाना

पुस १३, २०७७ १८:३०

ड्राइभिङ लाइसेन्सका लागि बिहान ६ देखि राति १० बजेसम्म अनलाइन फर्म भर्न सकिने

काठमाडौं । मंगलबारदेखि सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) का लागि अनलाइन आवेदन दिन सकिने भएको छ । अनलाइन रजिष्ट्रेसनको समय बिहान ६ बजेदेखि १० बजेसम्म रहेको यातायात व्यवस्था विभागले जनाएको छ ।

साप्ताहिक रूपमा छुट्याइएको कोटा उपलब्ध हुँदा मात्र फर्म रजिष्टर हुन्छ । विभागले बायोमेट्रिक डेटका आधारमा आइतबार, सोमबार, मंगलबार र बुधबार कोटा उपलब्ध गराउनेछ ।

ड्राइभिङ लाइसेन्स परीक्षाका लागि उपलब्ध गराइएको मितिमा सेवाग्राहीले परीक्षा नदिए पुनः १५ दिनपछि अनलाइन फर्म भर्न पाउँछन् ।

लिखित परीक्षा अनुत्तिर्ण भएका सेवाग्राहीले ९० दिनपछि पुन: अनलाइन फर्म दर्ता गर्न सक्छन् ।

अनलाइन आवेदकले अनलाइन एप्लिकेशन र लाइसेन्सको अवस्था थाहा पाउन Check Status बटन क्लिक गर्नुपर्छ ।

लिखित परीक्षाकाे नतिजा माेबाइलमा WT<space>Applicant ID> लेखी 33001 मा सेन्ड गर्नुपर्ने हुन्छ ।

त्यस्तै स्मार्ट कार्ड छापिएकाे वा नछापिएकाे बारे थाहा पाउन LC<space>Applicant ID> लेखी 33001 मा सेन्ड गर्नुपर्ने हुन्छ ।

नयाँ ड्राइभिङ लाइसेन्सका लागि अनलाइन फर्म भर्न यहाँ क्लिक गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०