close

ललितपुरका गाउँपालिका र विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट विस्तार हुँदै

टेकपाना टेकपाना

पुस १४, २०७७ १९:४१

ललितपुरका गाउँपालिका र विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट विस्तार हुँदै

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ललितपुर जिल्लाका गाउँपालिका, वडा कार्यालय, शैक्षिक संस्था र स्वास्थ्य संस्थामा ब्रोडब्याण्ड इन्टरनेट विस्तार गर्ने कार्य अघि बढाएको छ ।

आफ्नो आर्थिक वर्षका लागि तय गरेको वार्षिक कार्यक्रम प्राधिकरणले अघि बढाएको हो । प्राधिकरणले चालू आवको वार्षिक कार्यक्रममा सेवा नपुगेका स्थानमा तीव्र गतिको इन्टरनेट पुर्‍याउने उद्देश्यका साथ यसलाई अघि बढाएको थियो । त्यसका लागि प्राधिकरणले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

प्राधिकरणका अनुसार ललितपुर जिल्लाभित्र पर्ने विकट गाउँपालिकामा इन्टरनेट पुर्‍याउनका लागि आवश्यक प्रक्रिया सुरु भएको छ ।

त्यसका लागि प्राधिकरणले अबको केही दिनभित्र बोलपत्र आह्वान गरिने उल्लेख गरेकाे छ । जसमा सेवा प्रदायकले भाग लिन सक्नेछन् ।

उनीहरुबाट आएको आर्थिक तथा प्राविधिक प्रस्तावलाई अध्ययन गरेर प्राधिकरणले कुनै एक सेवा प्रदायकलाई उक्त स्थानमा इन्टरनेट विस्तारको लागि जिम्मा दिनेछ ।

त्यसका लागि प्राधिकरणले प्राधिकरण अन्तर्गतकाे बजेट खर्च गर्ने जनाएको छ । यस परियोजनामा स्थानीय गाउँपालिकासँग सहकार्य गरेर उनीहरुलाई समेत जिम्मेवारी बनाउने तयारी प्राधिकरणको रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०