close

भेन्टिलेटरमा बिरामीको उपचार गर्न फोन पेको झण्डै ६ लाख सहयोग

टेकपाना टेकपाना

पुस १५, २०७७ १८:१९

भेन्टिलेटरमा बिरामीको उपचार गर्न फोन पेको झण्डै ६ लाख सहयोग

काठमाडौं । नेपाल भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने अभियानमा फोनपे पेमेन्ट सर्भिस लिमिटेडले सहयोग रकम हस्तान्तरण गरेको छ । यस अभियान अन्तर्गत फोन पे नेटवर्कबाट अन्तरबैंक कारोबार गर्दा प्रतिकारोबार एक रूपैयाँ छुट्याइएको थियो ।

यसरी छुट्याइएको ५ लाख ९१ हजार ६ सय ७ रूपैयाँ फोन पेले नेपाल भेन्टिलेटर बैंकलाई उपलब्ध गराएको हो । सहयोग रकम एफवान सफ्ट इन्टरनेशनलका अध्यक्ष विश्वास ढकालले भेन्टिलेटर बैंकका अध्यक्ष निरञ्जन श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

भेन्टिलेटर बैंकलाई सहयोग गर्न भाद्र १ गतेदेखि एक महिनासम्म यो अभियान लागू गरिएको थियो ।

विषम परिस्थितिमा भेन्टिलेटरको अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले भेन्टिलेटर बैंकलाई थोरै भएपनि सहयोग गर्न पाउँदा खुसी लागेको एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०