close

यस्ता छन् वर्ष २०२० का उत्कृष्ट १२ एन्ड्रोइड एप

टेकपाना टेकपाना

पुस १६, २०७७ १७:३०

यस्ता छन् वर्ष २०२० का उत्कृष्ट १२ एन्ड्रोइड एप

काठमाडौं । वर्ष २०२० हामीमाझ बिदा हुँदै छ । शुक्रबारदेखि २०२१ को नयाँ क्यालेन्डर अनुसार हाम्रो दैनिकी अघि बढ्नेछ । वर्ष २०२० मा हामीले प्रविधिको क्षेत्रमा धेरै परिवर्तन र विकास देख्न पायौं । नयाँ सोचका वस्तु र सेवाले धेरैलाई आकर्षित गर्‍याे ।

यसै सन्दर्भमा एन्ड्रोइड प्रयोगकर्ताले यो वर्ष आफ्ना डिभाइसमा नयाँ र उत्कृष्ट एपको मज्जा लिन पाए । फरक-फरक विधाका एपहरू गुगल प्ले स्टोरमा दर्ता भए । कोभिड १९ का कारण पनि धेरै एप प्ले स्टोरमा राखियो ।

यहाँ हामी तपाईंहरुलाई सन् २०२० मा विकास भएका उत्कृष्ट १२ एन्ड्रोइड एपका बारेमा जानकारी दिँदैछौं । त्यसमध्ये कतिपय एप प्रयोगका लागि तपाईंले शुल्क बुझाउनुपर्ने हुन्छ भने कतिपय एप नि:शुल्क पनि उपलब्ध छन् ।

१२. एडोबी फोटोशप क्यामेरा

एडोबी फोटाशप क्यामेरा एन्ड्रोइडका लागि सार्वजनिक भएका एपमध्ये एउटा उत्कृष्ट एप हो । क्यामेरा एपको रुपमा सार्वजनिक भएको उक्त एपमा फोटो एडिटिङ समेत उपलब्ध रहेको छ । जसमा १० भन्दा बढी लेन्सका साथ विभिन्न इफेक्ट पनि उपलब्ध रहेका छन् ।

एप डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् ।

Adobe Photoshop Camera screenshot
११. बजार्ट

बजार्ट एउटा फोटो एडिटर एप हो । यो एप आईओएसमा आज भन्दा ९ वर्ष अघि नै सार्वजनिक भएको थियो । आईओएसमा एपले पाएको सफलतापछि यो एपले एन्ड्रोइड भर्सन सार्वजनिक गरेको हो ।

जसमा विभिन्न स्टिकर, रोटेशन टुल, म्यानुअल ब्याग्राउण्ड इरेजर टुल, एनिमेशन लगायत रहेको छ । यो एपको सबैभन्दा राम्रो फिचर भनेको ब्याकग्राउण्ड अटोमेटिक रुपमा हटाउन सकिने फिचर हो ।

एप डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् ।

१०. क्युबेसिस ३

क्युबेसिस ३ स्टिङवर्गको अडियो वर्क स्टेशन हो । यसले जति पनि अडियो ट्रयाक सपोर्ट गर्ने उल्लेख गरिएको छ । जसमार्फत तपाईंले अडियो रेकर्ड गर्ने, त्यसलाई मिक्स गर्ने सुविधा दिन्छ ।

Screenshot Image

यतिसम्म कि तपाईंले एउटा म्युजिक एल्बम नै बनाउन सक्नुहुनेछ । यो एप केही समयको लागि परीक्षणको रुपमा प्रयोग गर्न सक्नुहुनेछ । त्यसपश्चात भने तपाईंले उक्त एप प्रयोग गर्न शुल्क तिर्नुपर्ने हुन्छ ।

एप डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् ।

९. डल्बी अन

डल्बी अन अडियो र भिडियो रेकर्डिङका लागि उत्कृष्ट एप हो । जुन नि:शुल्क रुपमा प्रयोग गर्न सकिन्छ । यसमा रेकर्ड भएको साउण्डमा हुने न्वाइजलाई कम गर्न सकिने टुल पनि रहेको छ । यसका साथै उक्त एपमा डेजिङ, साउण्ड ट्वीकिङ र इक्यु लगायतका धेरै टुल रहेका छन् ।

एप डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् ।

८. फायरफक्स डेलाइट अपडेट

क्रोमको विकल्पको रुपमा फायरफक्स एउटा उत्तम विकल्प हो । कम्पनीले एन्ड्रोइड एपका लागि यो वर्ष डेलाईट अपडेट उपलब्ध गराएको थियो । जसले ब्राउजरलाई पूर्ण रुपमा परिवर्तन गरेको छ । यसमा भएको फिचर पनि उत्कृष्ट रहेको छ ।

जसमध्ये सेक्युरिटी फिचर सबैभन्दा महत्वपूर्ण रहेको छ । जसमा कम्पनीले ट्रयाकिङ प्रोटेक्सन लगायतका फिचर उपलब्ध गराएको छ । यो एप तपाईंले नि:शुल्क रुपमा प्रयोग गर्न सक्नुहुनेछ ।

एप डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् ।

७. गिटहब

ओपन सोर्स प्लेटटफर्मको रुपमा गिटहब सबैभन्दा चर्चित रहेको छ । सन् २०१९ मा एपको बेटा भर्सन सार्वजनकि गरेको कम्पनीले यो वर्षको सुरुवातमा यसको नयाँ एप सार्वजनकि गरेको थियो ।

GitHub screenshot 2020 2

उक्त एपले तपाईंलाई पढ्न, कुनै विषयमा रिप्लाई दिन र कुनै इस्युमा रियाक्ट गर्ने सुविधा दिन्छ । त्यतिमात्रै नभएर तपाईंले कोडिङ पढ्न, इस्युलाई व्यवस्थित गर्न लगायतका धेरै काम गर्न सक्नुहुनेछ ।

एप डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् ।

६. माइक्रोसफ्ट म्याथ सल्भर

माइक्रोसफ्ले यो वर्ष म्याथको प्रश्न समाधान गर्ने गरी माइक्रोसफ्ट म्याथ सल्भर सार्वजनिक गरेको छ । यसले तपाईंलाई म्याथको प्रश्नलाई स्क्यान गरी त्यसको जवाफ दिन मद्दत गर्छ । यो एपले तपाईंलाई प्रक्रियागत रुपमा म्याथको समस्या समाधान गर्नका लागि सहयोग गर्नेछ ।

एप डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् ।

५. पोकेमन होम

पोकेमन होम सन् २०२० मा सार्वजनिक भएको अर्को एउटा उत्कृष्ट एप हो । उक्त एपले पोकेमन प्लेएरलाई विभिन्न गेमको कलेक्सन उक्त एपमा अपलोड गर्ने, अन्य शीर्षकमा पठाउने र केही थप फिचर थप गर्ने सुविधा दिन्छ । यो एउटा म्युजिक प्लेयर हो ।

Pokemon Home screenshot

उक्त एपमार्फत विश्वका जुनसुकै देशका खेलाडीलाई पोकेमन बिक्री गर्ने सुविधा दिन्छ । त्यसबापत विभिन्न गिफ्ट प्राप्त गर्न तथा नेश्नल पोकेडक्स हेर्न सकिन्छ । यो एप केही समयको लागि नि:शुल्क प्रयोग गर्न पाइने भएतापनि केही समय पश्चात भने शुल्क तिर्नुपर्ने हुन्छ ।

एप डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् ।

४. सोक्रेटिक बाइ गुगल

गुगलले सन् २०१८ मा सोक्रेटिक एप खरिद गरेको थियो । गुगल प्ले स्टोरमा रहेको उक्त एप खरिद गरेसँगै कम्पनीले त्यसलाई त्यहाँबाट हटाएर गुगल एआई प्रोडक्टमा राखेको थियो । उक्त एपलाई कम्पनीले सन् २०२० को सुरुवातमा सार्वजनिक गरेको थियो ।

Socratic by Google screenshot 2020 2

जसमा धेरै अपडेट उपलब्ध गराएको छ । यो एपले माइक्रोसफ्टको म्याथ सल्भर जस्तै काम गर्छ । त्यतिमात्रै भने होइन । यसमार्फत तपाईंले लिट्र्रेचर, बायोलोजी र केमेस्ट्री समेतकाे समस्याको हल प्रदान गर्नेछ । यो एप नि:शुल्क रुपमा प्रयोग गर्न सकिन्छ ।

एप डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् ।

३. प्लेक्सएम्प

प्लेक्सएम्प एउटा म्युजिक प्लेयर एप हो । यो एप प्लेक्स सर्भर प्रयोग गर्नेहरुका लागि सबैभन्दा उत्कृष्ट एप हो । यो एपलाई गुगल प्ले म्युजिकको विकल्पको रुपमा हेरिएको छ । जसमा कम्पनीको आफ्नौ म्युजिक लाइब्रेरी रहेको छ ।

Plexamp screenshot

यदि तपाईं प्लेक्स सर्भर प्रयोग गर्नुहुन्छ भने तपाईंले अफलाइनमा पनि उक्त सर्भरमार्फत गीत डाउनलोड गर्न सक्नुहुनेछ । यसमा उपलब्ध भिडियो र अडियो कन्टेन्ट पनि उत्कृष्ट रहेका छन् ।

एप डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् ।

२. जुम

जुम यही वर्ष सार्वजनिक नभएता पनि यो वर्ष यो एपले पाएको चर्चा र यसमा आएको परिवर्तनका हिसाबले यसलाई यो लिस्टमा समावेश गरिएको हो । यो एप यो वर्षको सबैभन्दा पपुलर एपको रुपमा पनि रहेको छ ।

भिडियो कन्फ्रेन्सिङ एपको रुपमा यो एपमा आजसम्मकै धेरै प्रयोगकर्ता रहेका छन् । यो एप सन् २०२० को सबैभन्दा यादगार एप हो ।

एप डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् ।

१ः गुगल र एप्पलको दि एक्सपोजर एपीआई

सन् २०२० मा एन्ड्रोइड एपमा भएको सबैभन्दा ठूलो इनोभेसनको रुपमा गुगल र एप्पलको दि एक्सपोजर एपीआईलाई लिइएको छ । एप्पलले यस्तै एप आईओएसमा पनि उपलब्ध गराएको छ । उक्त एपले तपाईंको जानकारी बिना नै तपाईंलाई ट्रयाक गर्न सक्नेछ ।

COVIDWISE screenshot

जब तपाईं कुनै कोभिड–१९ को बिरामीको नजिक पुग्नु भएको छ भने उक्त एपले उक्त व्यक्तिको जानकारी सार्वजनिक नै नगरी त्यसबारे जानकारी तपाईंलाई दिनेछ ।

तपाईंले पनि आफूलाई कोरोना लागेको भएमा उक्त एपमा जानकारी दिन सक्नुहुनेछ । त्यो हुँदा अर्को व्यक्ति तपाईंको नजिक आएको खण्डमा उसलाई अलर्ट गर्ने काम उक्त एपीआईले गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०