close

ओम्नी च्यानलबाट नेपालमै पहिलो पटक सानिमा बैंकको डिजिटल बैंकिङ्ग सेवा सुरू

टेकपाना टेकपाना

पुस १६, २०७७ १६:३४

ओम्नी च्यानलबाट नेपालमै पहिलो पटक सानिमा बैंकको डिजिटल बैंकिङ्ग सेवा सुरू

काठमाडाैं । सानिमा बैंक ओम्नी च्यानलबाट डिजिटल बैंकिङ्ग सेवा सुरुवात गर्ने पहिलो बैंक भएको छ । बैंकले ग्राहकहरुमा समान रुपले डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले बिहीबारदेखि आफ्नो मोबाइल बैंकिङ्ग एप (सानिमा सजिलो ई–बैंकिङ्ग) अपग्रेड गरेको हो ।

सानिमा बैंकको सम्पूर्ण डिजिटल बैकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप वा वेब ब्राउजरमा चल्ने हुँदा मोबाइल फोन, ट्याब्लेट र ल्यापटप कम्प्युटरबाट पनि चलाउन सकिन्छ ।

नयाँ संस्करणको साथमा, सानिमा बैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले ई–क्यास पठाउने र अन्य व्यक्तिहरुले पाउन सक्ने, ईभौचरबाट जम्मा गर्ने, बैंकसँग मिटिङ्ग तय गर्ने, बचत खाता तथा ऋणको आवेदन दिने, डिजिटल बैकिङ्ग सेवासम्बन्धी सोधपुछ आदि, सेवाहरुको लाभ उठाउन सक्नेछन् ।

साथै, खाताको विवरण हेर्ने, रकम स्थानान्तरण गर्ने, क्यूआर कोडबाट भुक्तानी गर्ने, मुद्दती खाता खोल्ने र अनलाइन भुक्तानी गर्नेजस्ता हालका सेवाहरु पनि प्रयोगकर्ताहरुले प्रयोग गर्न सक्नेछन् ।

त्यसैगरी बैंक खाता नभएका प्रयोगकर्ताहरुले ई–क्यासबाट पठाएको रकम झिक्न र डिजिटल बैंकिङ्ग सेवाहरु सम्बन्धी सोधपुछको सुविधा पाउन सक्नेछन् ।

हालका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुको मोबाइल एप स्वतः अद्यावधिक हुनेछ । स्वतः अद्यावधिक नभएको खण्डमा डाउनलोड गरी अद्यावधिक गर्न सक्नेछन् । साथै, वेब ब्राउजरमा चलाउन यहाँ क्लिक गरी लगइन गर्नुहाेस् ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८५ वटा शाखा, १४ विस्तारित काउन्टर र ८३ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०