close

बालबालिकाका लागि डिजिटल एप ‘वर्णमाला २’ सार्वजनिक

टेकपाना टेकपाना

भदौ ८, २०७८ ११:२२

बालबालिकाका लागि डिजिटल एप ‘वर्णमाला २’ सार्वजनिक

काठमाडौं । कोरोना भाइरसका कारण लामो समयदेखि विद्यालय सञ्चालन हुन सकेकाे छैन । जसको असर बालबालिकाको शिक्षामा परिरहेको छ ।

त्यसैलाई मध्यनजर गर्दै बालबालिकाको अध्ययन सहज बनाउने उद्देश्यका साथ फ्युचर एजुकेसन अफ साइन्स एण्ड टेक्नोलोजी (फेस्ट) नेपाली वर्णमाला २ डिजिटल एप सार्वजनिक गरेको छ ।

गुगल प्ले स्टोरमा निःशुल्क रुपमा उपलब्ध भएको एपमा बालबालिकाहरूका लागि व्यञ्जन वर्ण, चित्र बनाऊ, ज्ञान विज्ञान, खेल र बौद्धिक विकास आदि विषयलाई समेटिएको कम्पनीले जनाएको छ ।

‘नेपाली वर्णमाला नेपाली बालबालिकाहरूका लागि तयार पारिएको नेपाली डिजिटल एप हो,’ कम्पनीका अध्यक्ष धिरेन्द्र चन्द सोडारी भन्छन्, ‘यसले बालबालिकाको बौद्धिक तथा मानसिक विकासका समेत मद्दत पुग्नेछ ।’

यसमा उपलब्ध खेल तथा मनोरञ्जनका क्रियाकलापले पनि बालबालिकाको बौद्धिक विकासमा मद्दत पुग्नेछ ।

कम्पनीका संस्थापक तथा सीईओ विक्कि महतले भने, ‘यस एपमा भिडिओ तथा विभिन्न किसिमका मनोरञ्जनात्मक गतिविधिद्वारा बालबालिकाको ध्यान केन्द्रित गराई उनीहरूको समय मानसिक तथा बौद्धिक विकासमा लगाउने मद्दत गर्नेछ ।’

कम्पनीका अनुसार यो एप समय समयमा अपडेट गर्दै नेपालका रैथाने मौलिक भाषामा पनि उपलब्ध गराइने छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१