close

फेसबुकमा जस्तै अब ह्वाट्सएप म्यासेजमा पनि रियाक्सन फिचर

टेकपाना टेकपाना

भदौ ९, २०७८ २०:३०

फेसबुकमा जस्तै अब ह्वाट्सएप म्यासेजमा पनि रियाक्सन फिचर

काठमाडौं । ह्वाट्सएपले नयाँ म्यासेजिङ फिचर ‘म्यासेज रियाक्सन’ ल्याउने भएकाे छ । यसको अर्थ ह्वाट्सएपमा आएको म्यासेजमा अब विभिन्न इमोजी प्रयोग गरी रियाक्ट गर्न सकिने छ ।

हुन त अहिले पनि ह्वाट्सएपमा आएको म्यासेजमा इमोजी प्रयोग गरी रियाक्ट गर्न सकिन्छ । तर, त्यो सिधै म्यासेजमा रियाक्ट गर्ने नभएर म्यासेजको रिप्लाई गर्दा मात्रै सम्भव छ ।

अब भने कम्पनीले यसअघि फेसबुक म्यासेन्जरमा जस्तै सिधै म्यासेजमा क्लिक गरेर रियाक्ट गर्न मिल्ने फिचर उपलब्ध गराउने भएको हो ।

यो फिचर यसअघि फेसबुककै अन्य प्रडक्ट इन्स्टाग्राम र फेसबुक म्यासेन्जरमा उपलब्ध छ । भने, ट्वीटर, सिंगल, स्ल्याक जस्ता एपमा पनि उपलब्ध भइसकेकाे छ ।

कसैले पठाएको म्यासेजमा सिधै रियाक्ट गर्न सकिने हुँदा यो फिचर पछिल्लो समय धेरै रुचाइएको छ । त्यसैले पनि कम्पनीले यो फिचर ह्वाट्सएपमा समेत उपलब्ध गराउने भएको हो ।

ह्वाट्सएपमा आउने यो फिचरको विषयमा पहिलो पटक वाबेटा इन्फोले बाहिर ल्याएको हो ।

यो फिचर अबको केही समयपछि बेटा टेस्टरहरुका लागि उपलब्ध हुनेछ । भने, विस्तारै विश्वव्यापी प्रयोगकर्तालाई उपलब्ध गराइने जनाइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१