close

अब मोबाइलमा युट्युव हेर्दै अन्य एप चलाउन पाइने

टेकपाना टेकपाना

भदौ १०, २०७८ ११:२८

अब मोबाइलमा युट्युव हेर्दै अन्य एप चलाउन पाइने

काठमाडौं । प्रविधिको दिग्गज कम्पनी गुगलले मोबाइलमा युट्युव हेर्दै अन्य एप चलाउन सकिने फिचर ल्याएको छ । कम्पनीले आईफोनका लागि युट्युवमा पीआईपी अर्थात ‘पिक्चर इन पिक्चर’ फिचर टेस्टिङको रुपमा रोलआउट गरेको हो ।

यो फिचरको सहयोगमा आईफोनमा युट्युवका प्रिमियम सब्सक्राइबरले मोबाइलमा अन्य एप प्रयोग गर्दा समेत युटयुव भिडिओ हेर्न पाउनेछन् । हाल यो फिचर केवल युट्युवका प्रिमियम ग्राहकका लागि मात्र उपलब्ध छ ।

एप्पल इन्साइडरको रिपोर्टअनुसार युट्युवको नयाँ पीआईपी फिचर प्रयोग गर्नका लागि प्रयोगकर्ताले म्यानुअली यसलाई एक्टिभेट गर्नुपर्ने हुन्छ । फिचर इनेबल गरिसकेपछि युट्युवको भ्युइङ विन्डोलाई मिनिमाइज गरेर एउटा मिनी प्लेयर विन्डोमा परिवर्तन हुन्छ ।

त्यसपश्चात प्रयोगकर्ताले स्मार्टफोनमा युट्युव भिडिओ हेर्दै अन्य एप प्रयोग गर्न सक्नेछन् । यो पिआईपी फिचरको टेस्टिङ आउँदो अक्टुबर ३१ मा सकिनेछ । एन्ड्रोइड तथा अन्य प्रयोगकर्ताका लागि पूर्ण रुपमा यो फिचर कहिलेबाट जारी हुन्छ भन्ने कुरा चाहिँ स्पष्ट छैन । 

यस्तो छ तरिका

युट्युव प्रयोगकर्ताले नयाँ पीआईपी फिचर प्रयोग गर्नका लागि सबैभन्दा पहिला Youtube.com/new मा जानुहोस् । अब त्यहाँ आफ्नो गुगल अकाउन्ट लगइन गर्नुपर्ने हुन्छ । यति गरिसकेपछि पिक्चर इन पिक्चर मोडलाई नेभिगेट गर्नुपर्छ ।

त्यसपछि ट्राइ इट आउट मोडको अप्सन छनौट गर्नुहोस् । यति गरेसँगै प्रयोगकर्ताले आफ्नो अकाउन्टबाट एक्टिभेट अप्सन खोल्नुपर्ने हुन्छ ।

त्यसपछि आईफोनमा युट्युव एप खोलेर कुनै भिडिओ चलाउनुहोस् । यति गरेसँगै एप बन्द गर्नका लागि होम बटन दबाउँदा वा माथिबाट तल स्वाइप गर्दा युट्युव भिडिओ मिनी प्लेयरमा परिवर्तन हुन्छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१