२०७९, ८ जेष्ठ आइतबार   |  
Sunday 22nd May 2022

नेटफ्लिक्समा सुरु भयो गेम खेल्ने सुविधा

काठमाडौं । भिडियो स्ट्रिमिङ जायन्ट नेटफ्लिक्समा अब भिडिओ गेम पनि खेल्न सकिने भएको छ । त्यसको सुरुवात कम्पनीले पोल्याण्डबाट गरेको छ । परीक्षणको रुपमा कम्पनीले पोल्याण्डमा रहेका आफ्ना प्रयोगकर्तालाई यो फिचर उपलब्ध गराएको हो ।

पोल्याण्डका ट्वीटर प्रयोगकर्ताले ट्वीट गर्दै यसबारे जानकारी दिएको हुन् । उनले एन्ड्रोइड प्रयोगकर्ताको नेटफ्लिक्स अकाउण्टमा ‘स्ट्रेन्जर थिंङ १९८४’ र ‘स्ट्रेन्जर थिङ ३’ जस्ता गेममा एक्सेस उपलब्ध भएको बताएका छन् ।

यसअघि कम्पनीले नेटफ्लिक्सको प्याकेज खरिद गर्ने प्रयोगकर्ताले सोही प्याकेज तथा शुल्कमा भिडियो गेम समेत उपलब्ध गराउने जनाएको थियो । कम्पनीले पहिलो चरणमा यसलाई परीक्षणका रुपमा सीमित प्रयोगकर्तामाझ उपलब्ध गराएको हो ।

उनीहरूबाट आएको प्रतिक्रियाका आधारमा यसलाई नयाँ आयामको रुपमा अघि बढाउने बताएको छ । कम्पनीका अनुसार यो फिचर मोबाइल फोन प्रयोगकर्ताका लागिमात्रै उपलब्ध हुनेछ । 
 

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team