close

स्मार्टफोनका महत्वपूर्ण ५ सेन्सर, जसले यसरी गर्छन् काम

टेकपाना टेकपाना

भदौ ११, २०७८ १९:४५

स्मार्टफोनका महत्वपूर्ण ५ सेन्सर, जसले यसरी गर्छन् काम

काठमाडौं । तपाईं जब आफ्नो स्मार्टफोनमा कसैसँग कुरा गर्दै हुनुहुन्छ भने कान नजिक पुर्‍याउँदा स्क्रिनको लाइट स्वतः बन्द हुन्छ । यसैगरी जब तपाईं अटो रोटेसन अन गरेर फोनलाई ल्यान्डस्केपबाट पोट्रेट वा पोट्रेटबाट ल्यान्डस्केप मोडमा रोटेट गर्नुहुन्छ भने स्क्रिनको आस्पेक्ट रेसियो समेत परिवर्तन हुन्छ ।

के तपाईंले कहिल्यै विचार गर्नु भएको छ, कसरी यस्तो हुन्छ ? वास्तवमा यदि कुनै पनि इलेक्ट्रोनिक उपकरणमा कुनै काम स्वचालित रुपमा हुन्छ भने त्यसमा अक्सर रुपमा सेन्सरकै भूमिका रहने  गर्दछ ।

आजकलका स्मार्टफोन कयौँ सेन्सर राखिएका हुन्छन् । आज हामी तपाईंलाई स्मार्टफोनमा रहने केही महत्वपूर्ण सेन्सरको बारेमा बताउँदै छौँ ।

प्रोक्सिमिटी सेन्सरः

जब कुनै वस्तु स्मार्टफोनको नजिक आउँछ, जब यो सेन्सरले उसको उपस्थिति थाहा पाउन सक्छ ।  यो सेन्सर मुख्य तवरबाट स्मार्टफोनको माथिल्लो भागको सेल्फी क्यामेरासँगै हुने गर्दछ ।

सामान्यतया जब तपाईं कल गर्दा वा उठाउँदा स्मार्टफोन कान नजिक लैजानुहुन्छ, यही सेन्सरका कारण स्मार्टफोनको डिस्प्लेको लाइट स्वतः बन्द हुने गर्दछ ।

एक्सिलरोमिटर तथा जाइरोस्कोप सेन्सरः

यो सेन्सर खासगरी स्मार्टफोन कुन दिशामा घुमेको छ, त्यसको बारेमा जानकारी राख्दछ । जब हामी स्मार्टफोनमा कुनै भिडिओ हेरिरहेका हुन्छौँ, जब त्यसलाई पोट्रेट मोडको साटो ल्यान्डस्केप मोडमा हेर्ने रहर जाग्न सक्छ ।

ता कि भिडिओ फुल स्क्रिनमा हेर्न सकियोस् । यसका लागि हामी जसै स्मार्टफोनलाई ल्यान्डस्केप मोडमा घुमाउँछौँ, फोनमा चलिरहेको भिडिओको ओरेन्टेसन पनि ल्यान्डस्केप भइदिन्छ ।

त्यसैले नै यसलाई एक्सिलरोमिटर वा जाइरोस्कोप सेन्सर भन्ने गरिन्छ । किन भने स्मार्टफोनमा रोटेसनका लागि दुई ओटा सेन्सरको आवश्यकता पर्दछ । जसमा एक्सिलरोमिटरले रेखीय त्वरण अर्थात निश्चित रेखामा हुने गतिको बेग तथा जाइरोस्कोपले परिक्रमित कोणको गतिलाई नियन्त्रित गर्दछ ।   

बायोमेट्रिक सेन्सरः

अचेलका सबैजसो मध्यम तथा प्रिमियम स्मार्टफोनमा यो सेन्सर प्रयोग गरिएको हुन्छ । यसैको सहयोगमा स्मार्टफोनको सुरक्षाका लागि फिङ्गरप्रिन्ट सेन्सरले काम गर्दछ ।

यो सेन्सरले स्मार्टफोनमा दर्ता गरिएका औँठा छापलाई स्क्यान गरी डेटा संकलन गर्दछ । त्यसपछि अर्को पटक सोही औँलालाई यो सेन्सर नजिक राखिन्छ । त्यसलाई संकलित जानकारीसँग दाँजेर औँलाको पहिचान गर्दछ ।

एम्बिएन्ट लाइट सेन्सरः

यो सेन्सरले स्मार्टफोनको डिस्प्लेको ब्राइटनेसलाई प्रकाशको तीव्रता अनुरूप समायोजन गर्दछ । अर्को शब्दमा भन्नुपर्दा डिस्प्लेको ब्राइटनेसलाई स्वतः कम वा बढी बनाउने काम पनि यसैले नै गर्दछ ।

अहिलेका प्रायः सबैजसो स्मार्टफोन अटो ब्राइटनेस कन्ट्रोल फिचरका साथ आउने गर्दछन् । जसका लागि एम्बिएन्ट लाइट सेन्सर प्रयोग गरिएको हुन्छ ।

जीपीएस सेन्सरः

यो सेन्सरको बारेमा तपाईंलाई अवश्य नै जानकारी हुनुपर्छ । सामान्यतया सबै स्मार्टफोनमा यसको प्रयोग हुने  गर्दछ । जीपीएसको अर्थ हो, ग्लोबल पोजिसनिङ सिस्टम अर्थात भूमण्डलीय स्थिति निर्धारण गर्ने प्रणाली ।

जीपीएस अमेरिकी नेभिगेसन सिस्टम हो । यो सेन्सरको सहयोगमा मोबाइल उपकरणको लोकेसन थाहा पाउन सकिन्छ । यो सेन्सरले कयौँ प्रकारका स्याटेलाइटसँग जोडिएर तपाईं अहिलेको समयमा कुन स्थानमा हुनुहुन्छ भन्ने कुरा पत्ता लगाउन सक्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१