close

डेबिट र क्रेडिट कार्डबाट ओम अस्पतालको बिल तिर्दा छुट

टेकपाना टेकपाना

भदौ १२, २०७८ १२:१७

डेबिट र क्रेडिट कार्डबाट ओम अस्पतालको बिल तिर्दा छुट

काठमाडौं । मेगा बैंकका ग्राहकलाई काठमाडौंको चाबहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरले विशेष छुट दिने भएको छ ।

बैंक र अस्पतालबीच भएको एक सम्झौता अनुसार डेबिट र क्रेडिट कार्ड प्रयोग गरी अस्पतालको बिल भुक्तानी गर्दा १०.५० प्रतिशतसम्म छुट पाउन सकिने छ ।

त्यस्तै अस्पतालले मेगा बैंकका ग्राहकहरुलाई प्राथमिकता दिँदै उपचारमा ‘फास्ट ट्रयाक मेडिकल सर्भिस’ प्रदान गर्ने सम्झौता भएको छ ।

आफ्ना ग्राहकहरुले यसअघि देखि नै काठमाडौँ लगायत देशका विभिन्न अस्पताबाट विशेष छुट पाएको बैंकले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१