एनसेल एपबाट १० जीबी डेटा किन्दा थप १० जीबी सित्तैमा

Ncell_logo

काठमाडौं । एनसेल एपबाट १० जीबी डेटा किन्दा थप १० जीबी सित्तैमा पाइने भएको छ । ग्राहकले एपबाट रु. ४९९ मा १० जीबी डेटा खरिद गर्दा थप १० जीबी डेटा बोनसमा पाउने भएका हुन् ।

कम्पनीका अनुसार यो प्याक ३० दिनसम्म प्रयोग गर्न सकिनेछ । एनसेल एपबाट अनलाइन रिचार्ज, बाँकी रहेको डेटा चेक गर्न, डेटा प्याक किन्न, हरेक दिन १० एसएमएस निःशुल्क पठाउनका साथै कम्पनीका अफर र अन्य जानकारी पाउन सकिन्छ ।

त्यस्तै एपमार्फत ग्राहकले गुनासो दर्ता र मासिक बिल र सेवा खपतको ट्रयाकिङ लगायतका कार्यहरु पनि गर्न सक्छन् । यसमा सहज रुपमा सेवा खरिद गर्ने वा पहिले नै लिएको सेवा बन्द गर्न सकिने सुविधा पनि छ ।

यसबाट ग्राहकले एनसेलको सेवा, सुविधाहरु एउटै प्लेटफर्मबाट आफै स्वतःस्फुर्त रुपमा प्रयोग गर्न सक्छन् । एपमा आफूलाई चाहिएको प्याक सजिलै फिल्टर गरी छान्न सक्ने सुविधा छ ।

यसबाट यूएसएसडी कोड बिना नै सेवाहरु सुचारु गर्न मिल्छ । उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न एनसेल सदैव तत्पर रहेको कम्पनीले बताएको छ ।

एनसेल एप डाउनलोड गर्न आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् अनि एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् । एनसेल नेटवर्कमा यो एप निःशुल्क चलाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team