close

टेलिग्रामको नयाँ भर्सन सार्वजनिक, थपिए महत्वपूर्ण फिचर

टेकपाना टेकपाना

भदौ १४, २०७८ १४:५०

टेलिग्रामको नयाँ भर्सन सार्वजनिक, थपिए महत्वपूर्ण फिचर

काठमाडौं । म्यासेजिङ एप टेलिग्रामको नयाँ भर्सन सार्वजनिक भएको छ । कम्पनीले बेटा भर्सनको रूपमा एन्ड्रोइड तथा म्याकओएस प्रयोगकर्ताका लागि टेलिग्राम ८.० ल्याएको हो ।

नयाँ भर्सनको टेलिग्राममा महत्वपूर्ण फिचर थप भएका छन् । यसअन्तर्गत च्याट र न्युज फिडलाई प्रभावकारी र व्यवस्थित बनाउन उपयोगी फिचर थप भएको कम्पनीले जनाएको छ ।

टेलिग्राम ८.० बेटा भर्सनमा उपलब्ध नयाँ फिचर

टाइमलाइन

कम्पनीले जारी गरेकाे अपडेटेड एपमा एउटा ‘अनरिड म्यासेज’ पढेसँगै स्वतः अर्को ‘अनरिड म्यासेज’ मा जान सकिने सुविधा सुरू गरिएकाे छ । त्यसका लागि तपाईंले स्क्रिनमाथि स्वाइप गर्दा अर्को ‘अनरिड म्यासेज’ खुल्नेछ ।

सेन्डरको नाम बिनै म्यासेज फरवार्ड गर्न सकिने

नयाँ भर्सनमा अब तपाईंले कसैलाई म्यासेज फरवार्ड गर्नुपरेको खण्डमा म्यासेज पठाउने व्यक्तिको नाम देखिने छैन । यो फिचर यसअघि नै अन्य म्यासेजिङ एपहरुमा उपलब्ध भइसकेको छ ।

विज्ञापनका जानकारी

अब टेलिग्राममा आउने म्यासेज यदि विज्ञापन भएको खण्डमा त्यस्ता म्यासेज विज्ञापन भएको भनी ‘लेबल’ लाग्नेछ । त्यो हुँदा प्रयोगकर्ता त्यस्ता म्यासेजबाट सचेत हुन सक्नेछन् ।

भ्वाइस रेकर्ड गर्न सकिने

टेलिग्रामले अब साथीभाइसँग भएको भ्वाइस कुराकानीसमेत रेकर्ड गर्न सकिने फिचर उपलब्ध गराएको छ । कम्पनीका अनुसार यसरी गरिएको रेकर्डमा दुवै पक्षको भ्वाइस समावेश हुनेछ ।

यसका साथै नयाँ भर्सनकाे टेलिग्राममा अन्य फिचरहरू पनि समावेश छ । जसमा एनिमेसन म्यासेज, इमोजी सुहाउँदो जीआईएफ छान्न सकिने फिचर लगायत छन् ।

यी फिचर चाँडै नै सम्पूर्ण प्रयोगकर्तामाझ उपलब्ध हुने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१