close

१ रूपैयाँमा विद्यार्थीलाई एनसेलको सिम, रिचार्जमा बोनस ब्यालेन्स र डेटा

टेकपाना टेकपाना

भदौ १५, २०७८ १२:३८

१ रूपैयाँमा विद्यार्थीलाई एनसेलको सिम, रिचार्जमा बोनस ब्यालेन्स र डेटा

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले एसईई दिएका विद्यार्थीका लागि ‘पहिलो सिम’ योजना ल्याएको छ ।

मंगलबारदेखि लागू भएको यो योजनामा एसईई दिएर बसेका विद्यार्थीले एक रुपैयाँमा प्रिपेड सिमको खरिद गर्नुका साथै रिचार्जमा बोनस ब्यालेन्स, निःशुल्क माइफाइभ सेवा र बोनस डेटा लगायत विभिन्न फाइदा लिन पाउनेछन् ।

एसईई २०७८ को परीक्षा प्रवेश पत्र भएका सबै विद्यार्थीले नजिकैको एनसेल सेन्टरबाट यो सेवा लिन सक्नेछन् ।

योजना अन्तर्गत ‘पहिलो सिम’ लिने विद्यार्थीले सिम एक्टिभेट गरेको सात दिनभित्र एक सय वा त्योभन्दा बढीको पहिलो रिचार्जमा २० रुपैयाँ मेन ब्यालेन्स र ३० दिनसम्म प्रत्येक दिन १५० एमबी डेटा पाउनेछन् ।

त्यसैगरी, ५० रुपैयाँ वा सोभन्दा बढीको प्रत्येक रिचार्जमा ६ महिनासम्म विभिन्न बोनस सुविधाको फाइदा लिनसक्ने कम्पनीले जनाएको छ ।

यस्ताे रिचार्जमा विद्यार्थीहरुले तीन दिन मान्य हुने ५०० एमबी डेटा, अन्य एनसेल नम्बरमा कल गर्न ५० मिनेट टक टाइम र त्यसैगरी अन्य एनसेल नम्बरमा पठाउन मिल्ने ५० वटा एसएमएस बोनस स्वरुप प्राप्त गर्ने छन् ।

कसरी लिने सिम ?

विद्यार्थीले यो सिम लिनका लागि आफ्नो एक प्रति पासपोर्ट साइज फोटो, आफ्नो कक्षा १० को मार्कसिटको फोटोकपी, आफ्नो नागरिकता वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपी पेश गर्नुपर्ने छ । आफूलाई पायक पर्ने एनसेल सेन्टरबाट यो सिम लिन सकिने छ ।

एनसेलका अनुसार भ्वाइस, डेटा र एसएमएसमा आकर्षक बोनसबाहेक यो योजनामा निःशुल्क माइफाइभ सेवा पनि उपलब्ध छ । विद्यार्थीहरुले आफूलाई सधैं सम्पर्कमा रही रहनुपर्ने अधिकतम पाँच वटा एनसेल नम्बरहरु सजिलैसँग माइफाइभ समूहमा सेट गर्न सक्छन् ।

नम्बरहरु माइफाइभ समूहमा राखेपछि विद्यार्थीहरुले पहिलो ३० दिनसम्म ती नम्बरहरुमा मात्र ५० पैसा प्रति मिनेट शुल्कमा कुराकानी गर्न सक्छन् । ३० दिनपछि, रु. १०० वा सोभन्दा माथिको रिचार्जमा यो सेवाले निरन्तरता पाउनेछ ।

विद्यार्थीहरुले *१७१६४# डायल गरी प्राप्त निर्देशन अनुसार आफू सधैं सम्पर्कमा रहनुपर्ने पाँच वटा एनसेल नम्बरलाई माइफाइभ समूहमा राख्न सक्छन् ।

माइफाइभ सेवाको समूहमा ५ वटा नम्बर राखी सकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक रु. ५ शुल्क लाग्ने एनसेलले जनाएको छ ।

एसईई सकेका विद्यार्थीका लागि सुलभ दरमा दूरसञ्चार सेवामा पहुँच सुनिश्चित गराउन पहिलो सिम योजनालाई निरन्तरता दिएको एनसेलले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१