काठमाडौं । सेप्टेम्बर महिना सुरु भइरहँदा प्रयोगकर्ताहरू एन्ड्रोइडको फुल भर्सन सार्वजनिक हुने पर्खाइमा छन् । केहि महिनायताको बेटा भर्सनको परीक्षणपछि गुगल पनि एन्ड्रोइड १२ को अन्तिम तयारीको अवस्थामा पुगिसकेको छ ।
ओप्पो, वानप्लस र रियलमीजस्ता मोबाइल कम्पनी पनि आफ्नो फोनमा एन्ड्रोइड १२ सार्वजनिक गर्न तयार छन् । यसैबीच साओमीले मियूआई १२.५ सहितको एन्ड्रोइड १२ सपोर्ट गर्ने केही स्मार्टफोनहरूको सूची अनाैपचारिक रूपमा तयार पारेकाे छ ।
यदि उल्लेखित सूचीमा तपाईंको फोन पर्दैन भने पनि निराश भइहाल्नुपर्ने अवस्था छैन । किनभने साओमीले आफ्ना अधिकांश फोनमा एन्ड्रोइड १२ को अपडेट दिने लगभग तय जस्तै नै भएको छ । यद्यपि ढिलो चाँडो भने हुन सक्छ ।
यस्तो छ एन्ड्रोइड १२ अपडेट पाउने स्मार्टफोनको सूचीः
इन्टर्नल बेटा पाएकास्मार्टफोन
Xiaomi Mi 11X / POCO F3 / Redmi K40
Mi 11 Lite 5G
Xiaomi Mi 10S
Mi 10 / Mi 10 Pro / Mi 10 Ultra
Xiaomi Mi 10T / Mi 10T Pro / Redmi K30S Ultra
Mi Pad 5 / Mi Pad 5 Pro / Mi Pad 5 Pro 5G
Redmi K30 Pro / Redmi K30 Zoom / POCO F2 Pro
Redmi Note 8 2021
POCO X3 Pro
क्लोज्ड बेटा पाएकाहरु
Mi 11i / Mi 11X Pro / Redmi K40 Pro / Redmi K40 Pro+
Mi 11 / Mi 11 Pro / Mi 11 Ultra
एन्ड्रोइड १२ अपडेट पाउने मि डिभाइसहरु
Mi MIX Fold
Xiaomi Mi 11 Lite 4G
Mi 10 Lite 5G / Mi 10 Lite Zoom / Mi 10 Youth 5G
Xiaomi Mi 10i / Mi 10T Lite
Mi Note 10 / Mi Note 10 Pro / Mi CC9 Pro
Xiaomi Mi Note 10 Lite
एन्ड्रोइड १२ अपडेट पाउने रेडमी र पोको डिभाइसहरु
Redmi 10
Black Shark 3 series
Redmi 10X 5G / Redmi 10X Pro
Redmi Note 9S / Redmi Note 9 Pro / Redmi Note 9 Pro Max / Redmi Note 9 5G / Redmi Note 9T / Redmi Note 9 Pro 5G