close

जटिल डिजाइनका कारण नयाँ एप्पल वाचको उत्पादनमा ढिलाइ

टेकपाना टेकपाना

भदौ १६, २०७८ १९:३३

जटिल डिजाइनका कारण नयाँ एप्पल वाचको उत्पादनमा ढिलाइ

काठमाडौं । आफ्नो जटिल डिजाइनका कारण नयाँ एप्पल वाचको उत्पादनमा ढिलाइ भइरहेको छ । निक्की एसियामा उल्लेख भएअनुसार जटिल डिजाइनका कारण निर्माणमा नै समस्या आएपछि एप्पल वाचको उत्पादनमा समस्या आएको हो ।

ब्लड प्रेसर सेन्सर, वाटर रेसिस्टेन्ट फिचर लगायतका नयाँ फिचरहरू समावेश गरी आउन लागेको नयाँ एप्पल वाचको निर्माणमा नै समस्या भएको रिपोर्टले देखाएको छ ।

साधारतया एप्पलले सेप्टेम्बर र अक्टोबर महिनामा एप्पल वाच र आईफोनका नयाँ मोडलहरू सार्वजनिक गर्ने गर्छ । यो वर्ष भने सेप्टेम्बर सुरु भइसक्दा पनि एप्पले सार्वजनिक मितिको विषयमा केही पनि बोलेको छैन ।

हरेक वर्ष ठूलो संख्यामा डिभाइस उत्पादन गर्न खोज्दा एप्पललाई इन्जिनियरिङको चुनौती सामना गर्नुपरेको रिपोर्टमा उल्लेख छ ।

यद्यपि एप्पलले आफ्नो डिभाइसको सार्वजनिक मिति स्थगित गर्छ वा गर्दैन भन्ने विषयमा भने रिपोर्टले पनि केही उल्लेख गरेको छैन । तर यसको उत्पादनमा परेको समस्याले आपूर्तीमा पनि समस्या हुन सक्ने बताइएको छ ।

योभन्दा अगाडि पनि उत्पादनमा समस्या आएर एप्पलको नयाँ डिभाइसमा समस्या भएको थियो । तर यस विषयमा कम्पनीले केही पनि बोलेको थिएन ।

गत वर्ष पनि कोरोना महामारिकै बीचमा कम्पनीले आईफोन १२ को दुईवटा मोडल सार्वजनिक गरेको थियो सएउटा अक्टोबर र अर्को नोबेम्बरमा जुन एप्पलले सधारणतया आफ्नो डिभाइस सार्वजनिक गर्ने समय भन्दा केही डिलो थियो ।

त्यस्तै सन् २०१७ मा सार्वजनिक भएको आईफोन एक्स पनि उत्पादनकै समस्याका कारण नोभेम्बरमा सार्वजनिक भई सार्वजनिक भएको एक हप्तामा नै बजारमा अभाव भएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३