close

दराजमा कुनै सामान किन्नुअघि प्रत्यक्ष प्रसारण हेर्ने मौका

टेकपाना टेकपाना

भदौ १७, २०७८ ११:४५

दराजमा कुनै सामान किन्नुअघि प्रत्यक्ष प्रसारण हेर्ने मौका

काठमाडौं । अनलाइन बजार दराजले ग्राहकलाई आफ्नो प्लेटफर्ममा सामान किन्नुअघि सो सामानबारे प्रत्यक्ष प्रसारण हेर्ने सुविधा दिएको छ । कम्पनीले यसका लागि दक्षिण एसियाकै पहिलो शपयोग्य लाइभ स्ट्रिम ‘दराज लाइभ’ सुरु भएको घोषणा गरेको छ ।

दराज मोबाइल एप्लिकेसनमा उपलब्ध हुने दराज लाइभ, दराजको ‘शपरटेनमेन्ट’ रणनीतिको एक भागको रूपमा प्रस्तुत गरिएको छ । यसमार्फत ग्राहकलाई वास्तविक अनुभव दिलाउनका लागि खुद्रा बिक्री र मनोरञ्जनको सम्मिश्रणमा ध्यान दिइने कम्पनीले जनाएको छ ।

ग्राहकले घरमै बसी ब्राण्ड र उत्पादनहरुको विस्तृत जानकारी पाउन सक्नेछन् । दराज मोबाइल एपको माध्यमबाट हरेक सोमबारदेखि शुक्रबारसम्म दिनमा तीन फरक समयावधिमा ‘दराज लाइभ स्ट्रिम’ आयोजना गरिने छ ।

ग्राहकले दिनमा १२, ४ र ६ बजे दराज एपमार्फत लाइभ हेर्न पाउनेछन् । साेसल मिडियाबाट हुने प्रत्यक्ष प्रसारणभन्दा याे अलि फरक र पृथक हुने जनाइएकाे छ ।

ग्राहकका लागि सहज र अन्तर्क्रियात्मक ‘सी नाउ बाई नाउ’ को अवधारणा पेस गरिने कम्पनीले उल्लेख गरेकाे छ । दराज लाइभमार्फत ग्राहकले किनमेलको साथसाथै सामानहरूको विस्तृत जानकारी र मनोरञ्जनात्मक कार्यक्रमको अनुभव प्राप्त गर्नेछन् ।

दराज लाइभको प्रत्यक्ष प्रसारणको प्रत्येक संस्करणमा ग्राहकलाई ब्राण्डका बारेमा प्रचुर जानकारी संकलन गर्न पर्याप्त अवसर प्रदान गर्ने र ग्राहक-बिक्रेताबीच रियल टाइममा कुराकानी हुनेछ ।

एन्ड्रोइड स्मार्टफोनबाट ग्राहकलाई लाइभ स्ट्रिममा सामेल हुन दराज एपले नयाँ अपडेट ल्याइसकेकाे छ । आईओएस प्रयोगकर्ताका लागि एप अपडेट ६ सेप्टेम्बरदेखि उपलब्ध हुने जनाइएकाे छ ।

दराज लाइभबारे अधिक जान्न याे लिंकमा क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३