close

अनलाइनमा यसरी हेर्नुहोस् नेपाल र भारतको फुटबल म्याच

टेकपाना टेकपाना

भदौ १७, २०७८ १३:४४

अनलाइनमा यसरी हेर्नुहोस् नेपाल र भारतको फुटबल म्याच

काठमाडौं । साफ च्याम्पियनसिपको तयारीमा रहेका दुई छिमेकी राष्ट्र नेपाल र भारतबीच आज पहिलो मैत्रीपूर्ण खेल हुँदै छ । खेल नेपाली समयअनुसार साँझ साढे ५:३० बजेदेखि दशरथ रङ्गशालामा सुरु हुने छ ।

कोरोना महामारीका कारण लामो समयपछि नेपाली राष्ट्रिय फुटबल टोलीले आफ्नै मैदानमा अन्तराष्ट्रिय खेल खेल्दै छ । तर घरेलु मैदानमा नेपाली टिमलाई सीमित दर्शकको मात्र साथ हुनेछ ।

यो खेलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्नेछ । मोबाइलबाटै हिमालय टेलिभिजन हेर्न नेट टिभी, प्रभु टिभी लगायतका ओटीटी एप प्रयोग गर्न सकिनेछ ।

त्यस्तै युट्युवमा ओएसआर स्पोर्ट्स च्यानलमा पनि यो खेलको प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ । त्यस्तै भारतीय फुटबल टिमको फेसबुक पेजबाट पनि लाइभ हेर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३