close

क्लासिक टेकले अनलाइन पोर्टल बन्द नगरेको आईस्पानको दाबी*

टेकपाना टेकपाना

भदौ १७, २०७८ १५:३९

क्लासिक टेकले अनलाइन पोर्टल बन्द नगरेको आईस्पानको दाबी*

काठमाडौं । आफूविरूद्द समाचार प्रकाशन गर्ने अनलाइन पोर्टल क्लासिक टेकले बन्द गरेको भन्ने समाचार गलत भएको इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) ले जनाएको छ ।

एक विज्ञप्ति जारी गर्दै आईस्पानले विभिन्न सञ्चारमाध्यममा प्रकाशित ‘क्लासिक टेकको विराटनगर कार्यालयमा सेवाग्राहीद्वारा तालाबन्दी‘, ‘तालाबन्दी गरेको समाचार प्रकाशन गरेपछि क्लासिक टेकद्वारा आवर विराटनगर ब्लक’ लगायतका शीर्षकमा प्रकाशित समचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘यस घटनाबारे सत्यतथ्य बुझ्दा बिना सबुत प्रमाण प्राविधिक समस्यालाई बढवा दिँदै अतिरञ्जित रुपमा समाचार प्रकाशन भएको हाम्रो ठहर छ । यस्ता किसिमका कार्यले हामीलाई दुखित तुल्याएको छ,’ आईस्पानले भनेको छ ।

उक्त सञ्चारमाध्यमकाे वेबसाइट होस्ट क्लासिक टेकमा नभएकाले त्यसको स्वामित्वमा अन्तै हुने र त्यसमा क्लासिक टेकको पहुँच र नियन्त्रण नुहने आईस्पानकाे दाबी छ ।

नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल सरकार र अदालतको निर्णयबिना कुनै पनि इन्टरनेट सेवाप्रदायकले सञ्चारमाध्यमलाई कहिँ कतै पनि प्रतिबन्ध लगाउने अधिकार नरहेको आईस्पानले उल्लेख गरेकाे छ ।

(समाचारको शीर्षक परिवर्तन गरिएको छ । सं.)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३