close

आइफोन प्रयोगकर्ताले अब विमानमा यात्रा गर्दा परिचयपत्र बोक्नु नपर्ने !

टेकपाना टेकपाना

भदौ १८, २०७८ १३:४०

आइफोन प्रयोगकर्ताले अब विमानमा यात्रा गर्दा परिचयपत्र बोक्नु नपर्ने !

काठमाडौं । एप्पलले अमेरिकाका विभिन्न आठ राज्यमा ड्राइभिङ लाइसेन्स र परिचयपत्र बोक्नु नपर्ने गरी कार्यक्रम अघि बढाएको छ । प्रयोगकर्ताको यात्रामा सहजता र सुरक्षाको विषयलाई मध्यनजर गर्दै एप्पलले एरिजोना, जर्जियामा यो सिस्टम लागू गरेको हो । साथै कनेक्टिकट,आयोवा, केन्टकी, मेरिल्याण्ड, ओक्लाहोमा र यूटा लगायतका राज्यमा चाँडै सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ ।

एप्पलको नयाँ फिचर आउने भएपछि सम्बन्धित राज्यहरूले डिजिटल लाइसेन्स र परिचयपत्र उपलब्ध गराउने प्रक्रिया थालिसकेका छन् । प्रयोगकर्ताले यात्रामा आफ्ना आइफोन र एप्पल वाचमा भएको आइडी यातायात सुरक्षा अधिकारीलाई सहजै देखाउन सक्ने जनाइएको छ।

पहिलोपटक जुनमा घोषणा गरिएको टिएसए (TSA) कार्यक्रम अन्य कुनकुन राज्यमा जारी हुन्छ भन्ने बारेमा कम्पनीले कुनै खुलासा गरेको छैन । तर, जुन राज्यमा सेवा सुरु भएको छ त्यहाँका प्रयोगकर्ताले आफ्नो लाइसेन्स अथवा परिचयपत्रको फोटो अपलोड गरेर एउटा सेल्फी खिच्नुपर्ने हुन्छ । फेस आइडीसँग मिल्नेगरी अनुहारको मुभमेन्ट कैद गर्नुपर्ने हुन्छ ।

त्यसरी अपलोड भएको जानकारी सुरक्षित रूपले सम्बन्धित कार्यालयको पहुँचमा पुग्नेछ । एकपटक यो सेवा सुचारू भइ प्रमाणित भइसकेपछि प्रयोगकर्ताले आफ्नो आइफोन वा एप्पल वाचको सेक्युरिटी चेक पोइन्टमा क्लिक गरि हेर्न तथा विभिन्न स्थानमा देखाउन सकिने छ ।

विमानस्थलको हकमा ग्राहकले टिकट काटेसँगै एजेन्टले ग्राहकको उडान सम्बन्धी सूचना प्राप्त गर्नेछन् । यसले मानिसहरूले वालेटबाट गर्ने भुक्तानी गरेजस्तै गरी काम गर्ने जनाइएको छ । त्यो हुँदा त्यसैमार्फत ग्राहकले सहजै यात्रा गर्न सक्ने जनाइएको छ । आइडी कार्डको सुरक्षाका दृष्टिकोणले यो सेवा प्रभावकारी हुने एप्पलले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३