close

नयाँ गेम बनाउने योजनामा पब्जीका निर्माणकर्ता ग्रिनेले छोडे क्राफ्टन

टेकपाना टेकपाना

भदौ १८, २०७८ १७:५१

नयाँ गेम बनाउने योजनामा पब्जीका निर्माणकर्ता ग्रिनेले छोडे क्राफ्टन

काठमाडौं । पब्जीका क्रियटर ब्रेन्डन ग्रिनेले क्राफ्टन छोडेका छन् । उनले आफ्नै डेभलपमेन्ट स्टुडियो प्लेयर अननोन प्रोडक्सन (PLAYER-UNKNOWN PRODUCTIONS) सुरु गर्ने भएका छन् ।

नेदरल्यान्डको आम्स्टर्डममा ग्रिनेले आफ्नै डेभलपमेन्ट स्टुडियो खोल्न लागेका हुन् । उनको नयाँ भेन्चरमा क्राफ्टनको पनि केही हिस्सा शेयर रहने समेत जनाएका छन् । ‘पब्जी र क्राफ्टोनले विगत चार वर्षदेखि दिएको अवसर प्रति आफू कृतज्ञ छु,’उनले भने, ‘मेरो आगामी यात्राका लागि म उत्साहित छु, क्राफ्टनले मेरा योजनाहरूमा गरेको समर्थन प्रति कृतज्ञ छु र म आगामी दिनका कामहरूको बारेमा चाँडै खुलासा गर्नेछु ।’

उनले आफैले गेम को विषयमा भने बोलेका छैनन् । तर, उनको नयाँ स्टुडियो मार्फत गेमका साथै अन्य थुप्रै प्रोडक्टको अपेक्षा गर्न सकिने उल्लेख गरिएको छ । यही वर्ष निर्माण गरिएको नयाँ स्टुडियोमार्फत अध्ययनको काम सुरु भएको जनाइएको छ ।

ग्रिने ब्याटल रोयल विधामा उत्कृष्ट संस्थापकका रुपमा परिचित छन् । आर्म सिरिजको लागि गेम मोडको रुपमा डिजाइन गरेका उनले पहिलोपटक आफ्नो गेम मोड एचवानजेडवान (H1Z1) सार्वजनिक गरेपछि पब्जी बनाएका थिए । जुन गेमले धेरै पुरस्कार जित्न सफल भइसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३