close

नेटफ्लिक्समा सार्वजनिक भयो मनी हाइस्ट सिजन ५

टेकपाना टेकपाना

भदौ १८, २०७८ १९:४

नेटफ्लिक्समा सार्वजनिक भयो मनी हाइस्ट सिजन ५

काठमाडौं । बहुप्रतिक्षित क्राइम-थ्रिलर सिरिज मनि हाइस्ट सिजन ५ नेटफ्लिक्समा सार्वजनिक भएको छ । मनी हाइस्ट सिरिजको पाँचौ सिजन दुई भागमा सार्वजनिक हुनेछ । जसमध्ये पहिलो भाग आज सार्वजनिक भएको छ भने दोश्रो भाग यसै वर्षको डिसेम्बरमा आउनेछ । 

नेटफ्लिक्सको आधिकारिक ट्वीटर ह्यान्डल मार्फत उक्त सिरिजका एपिसोडका नामहरू सार्वजनिक गरिएको छ । नेटफ्लिक्समा सार्वजनिक हुने अधिकाशं कन्टेन्टहरू नेटफ्लिक्सको मुख्य कार्यालयबाट स्थानीय समयअनुसार रातको समयमा सार्वजनिक हुने गर्छन् ।

यसैगरी मनी हाइस्टको पहिलो श्रृंखला नेपाली समय अनुसार आज दिउँसो सार्वजनिक भएको हो । सोहि अनुसार भाग ३ डिसेम्बरमा सार्वजनिक हुने बताइएको छ ।

मनी हाइस्टका सबै सिजनहरू चाँडै नै नेटफ्लिक्समा उपलब्ध हुनेछन् । पाँचौ सिजनमा जम्मा १० ओटा एपिसोड हुनेछन् । पहिलो भोलुम अन्तर्गत पाँच ओटा एपिसोड रहेका छन् ।

जसमा ‘द इन्ड अफ द रोड’, ‘डु यु बिलिभ इन रिइन्कार्नेसन’, ‘वेलकम टु द शो अफ लाइफ’, ‘योर प्लेस इन हेभन’, र ‘लिभ मेनि लाइभ्स’ छन् । सार्वजनिक हुन बाँकि पाँचौ सिजनको दोस्रो भोलुममा पनि पनि पाँचवटै एपिसोडहरू हुनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३