प्रविधिमा आधारित पठनपाठन गर्न नमुना कक्षा कोठा बनाउँदै आविष्कार केन्द्र

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले प्रविधिमा आधारित पठन पाठन गर्न विद्यालयका लागि नमुना कक्षा कोठा बनाउने भएको छ । आविष्कार केन्द्रले सामुदायिक विद्यालयको पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ यस किसिमको प्रयास थालेको हो ।

आविष्कार केन्द्रका अध्यक्ष तथा संस्थापक महावीर पुनले नमूना कक्षा कोठा विकास गर्न सहकार्यका लागि सार्वजनिक रुपमा आह्वान गरेका छन् ।

उनले एक्लो प्रयासबाट मात्र यस किसिमको कार्य प्रभावकारी नहुने भन्दै ‘आइडिया’ माग गरेका हुन् ।

यसका लागि आविष्कार केन्द्रले व्यक्ति, संस्था तथा निकायसँग सहकार्यको ढोका खुला रहेको समेत बताएको छ ।

आविष्कार केन्द्रमा तयार हुने यस्तो कक्षा कोठाले मुख्यतः देशका सामुदायिक विद्यालयको पठन पाठनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team