close

हार्मोनी ओएसमा हरेक सेकण्डमा थपिन्छन् ८ नयाँ प्रयोगकर्ता

टेकपाना टेकपाना

भदौ २०, २०७८ १७:४७

हार्मोनी ओएसमा हरेक सेकण्डमा थपिन्छन् ८ नयाँ प्रयोगकर्ता

काठमाडौं । ह्वावेले यो वर्षको अन्त्यसम्म हार्मोनी ओएसमा ३० करोड प्रयोगकर्ता पुर्‍याउने महत्वकांक्षी योजना बनाएको छ । याे पक्कै पनि ठूलो संख्या हो ।

तर, जुन रुपमा हार्मोनी ओएसका प्रयोगकर्ता बढिरहेका छन्, त्यो हिसाबले कम्पनी आफ्नो योजनामा सफल हुने देखिएको छ । जुन महिनाको सुरुवातमा एक करोड प्रयोगकर्ता रहेकोमा अगस्टको अन्त्यमा आइपुग्दा सात करोड प्रयोगकर्ता पुगेका थिए ।

केही दिनको अन्तरालमा थप दुई करोड प्रयोगकर्ता थप भएको तथ्याङ्कले देखाएको छ । योसँगै ह्वावेको हार्मोनी ओएसका प्रयोगकर्ता ९ करोड पुगेका छन् ।

यो हिसाबले पछिल्लो केही समययता हार्मोनी ओएस प्रयोगकर्ता प्रतिसेकेण्ड ८ जनाका दरले थपिएका छन् । यसमा सबै युनिक प्रयोगकर्ता नै छन् भन्न त सकिँदैन ।

किनभने कुनै व्यक्तिसँग एकभन्दा बढी मोबाइल हुन सक्छ । त्योभन्दा पनि अन्य आईओटी डिभाइसमा पनि हार्मोनी ओएस प्रयोग भएकाले संख्यामा गुणात्मक वृद्धि भएकाे विश्लेषण गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३