close

राष्ट्रिय परिचयपत्रका लागि ३५ लाख नागरिकको विवरण संकलन

टेकपाना टेकपाना

भदौ २१, २०७८ १०:५०

राष्ट्रिय परिचयपत्रका लागि ३५ लाख नागरिकको विवरण संकलन

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्रका लागि ३५ लाख बालिग नागरिकको विवरण सङ्कलन गरेको छ । कोरोना महामारीका कारण केही महिना रोकिएको विवरण संकलनको काम पुनः सुचारू भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

विभागका अनुसार यस वर्ष ७० लाख नागरिकको विवरण तयार गर्ने लक्ष्य छ । यसअघि विभागले पहिलाे चरणमा पाइलट प्राेजेक्टका रूपमा एक लाख १७ हजार थान परिचयपत्र कार्ड खरिद गरेकाे थियाे ।

फ्रान्सेली कम्पनी आईडीमियालाई कार्ड छपाइकाे ठेक्का प्रदान गर्ने निर्णय भएसँगै ढिलाेमा ५ महिनापछि राष्ट्रिय परिचयपत्र वितरण सुरू गर्ने विभागकाे तयारी छ ।

याे चरणमा एक करोड २० लाख थान परिचयपत्र कार्ड खरिद हुने विभागले जनाएकाे छ । नयाँ कार्डमा क्यूआर कोड फिचरसहित लेआउट र डिजाइन केही अप्टिमाइज हुने बताइएकाे छ ।

विभागका महानिर्देशक जितेन्द्र बस्नेतका अनुसार मुलुकभरका ६ हजार ७४३ वडामा जन्मदर्ताबाटै परिचयपत्र दिने व्यवस्था गरिएको छ ।

मुलुकभरका ५४ वडामा जन्मदर्ताबाटै राष्ट्रिय परिचयपत्र प्रदान गर्न सकिने गरी विवरण सङ्कलन भइसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३