close

कल ट्यापिङ गर्दैनौं : टेलिकम

टेकपाना टेकपाना

भदौ २१, २०७८ १४:१४

कल ट्यापिङ गर्दैनौं : टेलिकम

काठमाडौं । आफ्ना सेवाग्राहीको कल ट्यापिङ गर्ने अभ्यास नगरेको नेपाल टेलिकमले स्पष्टिकरण दिएको छ ।

टेलिकमले आफ्नो पछिल्लो अवस्थाको बारेमा जानकारी दिन सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता राजेश जोशीले टेलिकमले कुनै पनि सेवाग्राहीको फोन ट्यापिङ नगरेको प्रष्ट्याएका हुन् ।

पछिल्लाे समय टेलिकम कम्पनीहरुले सरकारका शक्तिशाली व्यक्तिहरुको निर्देशनमा केही व्यक्तिहरुको फोन ट्यापिङ गर्ने गरेको हल्ला बाहिरिएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता जोशीले टेलिकमसँग कसैको कल ट्यापिङ गर्ने अधिकार नभएको भन्दै यस्तो काम आफ्नो क्षेत्राधिकारभित्र नपर्ने प्रष्ट पारे ।

उनले विशेष अवस्थामा फोन ट्यापिङ गर्न मिल्ने प्रावधान रहेको नेपाल विषेश सेवासम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा विचाराधिन रहेको भन्दै काूुनमा उल्लेख नभएकोे उपकरण खरिद तथा सञ्चालन कार्य टेलिकमले गर्न नसक्ने प्रष्ट पारे ।

‘कानुनमा उल्लेख भई आउने अवस्थामा सो काम सम्भवतः राज्यद्धारा अनुमतिप्राप्त सुरक्षा तथा अनुसन्धान निकायको जिम्मेवारीभित्र पछ,’ उनले भने ।

‘नेपाल टेलिकमले कल ट्यापिङ गर्छ भन्ने कुरा हामीले विश्वास समेत गर्न सक्दैनौं,’ जोशीले भने, ‘हामीसँग कल ट्यापिङ गर्ने उपकरण समेत छैन, कसरी गर्नु ?’

सरकारले संवेदनशील विषयमा सुरक्षा निकायले अदालतको अनुमति बिनै कोही व्यक्तिको फोन ट्यापिङ गर्नसक्ने प्रावधानसहित विशेष सेवासम्बन्धी विधेयक गत वर्ष तयार पारी राष्ट्रिय सभामा पेश गरेको थियो ।

अदालतको आदेश बिनै फोन ट्यापिङ गर्नसक्ने प्रावधान राख्दा यसको दुरुपयोग हुन सक्ने भन्दै यो प्रावधानको चौतर्फी आलोचना भइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३