close

५५ जिल्लामा पुग्यो टेलिकमको एफटीटीएच

टेकपाना टेकपाना

भदौ २१, २०७८ १४:२५

५५ जिल्लामा पुग्यो टेलिकमको एफटीटीएच

काठमाडौं । नेपाल टेलिकमको फाइबर टु दी होम (एफटीटीएच) सेवा ५५ जिल्लामा पुगेको छ ।

आफ्नो प्रगति विवरण सार्वजनिक गर्न सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा टेलिकमका प्रवक्ता राजेश जोशीले ५५ जिल्लाका १०८ वटा स्थानीय तहका एक सय ३५ स्थानमा एफटीटीएच सेवा विस्तार भएको जानकारी दिए ।

उनका अनुसार पाँच लाख ६४ हजार ग्राहकका लागि नेटवर्क जडानको काम सकिएको छ भने हालसम्म एक लाख ८० हजार ग्राहकले सेवा लिइरहेका छन् ।

टेलिकमले यो आर्थिक वर्षलाई एफटीटीएच सेवा विस्तारको वर्षको रुपमा मनाउने घोषणा गरेको छ । एफटीटीएच सेवा विस्तारको लागि हालसम्म ११ लाख ७४ हजार घरधुरीका लागि डिजिटल म्यापिङको काम भइसकेको प्रवक्ता जोशीले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३